
सेम्टेम्वर ९ क्यानाडाखबर.कम, क्यालगरी व्युरो ।
भारतीय टेलिभिजन च्यानल जिटिभीको बहु चर्चित रियालिटी सो डान्स ईन्डिया डान्स लिटिल मास्टर (२०१४) त्यस्तै कलर्स टेििभजिनद्धारा प्रसारित सेलिव्रटी वीच हुने रियालिटी सो झलख दिखलाजा (२०१६०) की विजेता तेरीया फौजा मगर क्रिसमसमा क्यानाडाको क्यालगरीमा आउने भएकी छिन ।

नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीको रिसोर्स सेन्टर निर्माणार्थ च्यारिटी (फण्ड रेइजिङ्ग) शो कार्यक्रमका लागि उनी यहाँ आउन लागेकी हुन । आउँदो क्रिसमस (डिसेम्वर २५) का दिन साँझ ५ बजे देखि क्यालगरीको नर्थइस्ट स्थित मंगनोलिया हलमा हुने कार्यक्रममा उनले झण्डै आधा दर्जन नेपाली तथा हिन्दी गीतहरुमा आफ्ना उत्कृष्ट प्रस्तुति दिने छिन ।

उक्त च्यारिटी शो प्रस्तुतिका लागि उनलाई बलिउडका केहि कलाकारहरुले साथ दिनेछन । त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने आयोजक कमिटीले जनाएको छ । कार्यक्रमबाट संकलित सम्पुर्ण रकम क्यालगरीमा बन्न लागेको नेपालीहरुको रिसोर्स सेन्टर का लागि खर्च गरिने तेरिया ले बताएकी छिन । शो व्यवस्थापनका लागि नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष धुव्र राईको अध्यक्षतामा कार्यक्रम मुल आयोजक समिती समेत गठन गरिएको छ । उक्त समितीमा क्यालगरीमा क्रियाशिल नेपाली संघसंस्थाहरु र इन्डियन कम्युनिटीका केहि प्रतिनिधी संस्थाहरु समेत रहने बताइएको छ ।

कार्यक्रमलाई भव्य रुपमा सफल पार्नका लागि सम्पुर्ण संघ संस्था, व्यवसायीहरु तथा सर्वसाधरणलाई आयोजक कमिटीले सहयोग गर्न आग्रह गरेका छन ।