CanadaKhabar.com

Monday, May 13, 2024 -
  • साहित्यिक कार्यक्रमलाई काफ्लेको सहयोग

    क्यानाडाखबर संवाददाता – काठमाडौं डेस्क ।

    ‘वालिङ बहस तथा छलफल चौतारी’ संस्थाको आयोजनामा हुन लागेको विद्यालय तथा कलेज स्तरिय कविता प्रतियोताका लागि क्यानाडा बस्दै आएका मित्र काफ्लेले ३० हजार रुपैया नगद सहयोग गरेका छन् ।

    बिद्यार्थीहरुको प्रतिभालाई बाहिर ल्याउन गरिएको यस्ता कार्यक्रमलाई प्रोत्साहन गर्नु पर्ने भन्दै उनले यस्ता सामाजिक संस्थालाई निरन्तर आर्थिक सहयोग गर्दै आएका छन् ।

    वालिङमा स्थापित यो संस्थाले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ । आगामी लक्ष्मी पूजाको दिन अर्थात कार्तिक २ गते आयोजना हुने कविता प्रतियोतामा लोकप्रिय उपन्यासकार सुबिन भट्टराईको बिशेष उपस्थिति हुनेछ ।