CanadaKhabar.com

Thursday, April 16, 2026 -

क्यालगरीमा १०९ औं लक्ष्मी जयन्ती तथा देउसी भैलो कार्यक्रम सम्पन्न

१ अक्टोबर, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
क्यानाडाको क्यालगरीमा १०९ औं लक्ष्मी जयन्ती साहित्यिक जमघट तथा देउसी भैलो कार्यक्रम गरि मनाइएको छ । नेपाली साहित्य समाज क्यालगरीले नेपाली भाषा, कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्धेश्यले अक्टोवर १५ तारिख आइतवार महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्म जयन्तिमा साहित्य जमघट तथा देउसी भैलो कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष दिपक कुमार ढकालको सभापतित्व तथा नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका अध्यक्ष धुव्र राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम संस्थाका सचिव केशव मोहन अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रम नर्थइस्ट स्थित नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको सभाहलमा सम्पन्न भएको थियो ।

कार्यक्रममा घनेन्द्र न्यौपाने, सुस्मा खनाल, जानुका नेपाल, दिपक ढकाल, रामचन्द्र भट्टराई, राजेन्द्र गौतम, राजेन्द्र प्रसाई, श्रीकान्त अर्याल, कमल भट्टराई, चन्द्रकला घिमिरे, विशिखा ढुङ्गेल, केशव मोहन अधिकारी लगायत डेढ दर्जन सर्जकहरुले आफ्ना रचनाहरु बाचन गरेका थिए ।
त्यस्तै युवराज पौडेलको संयोजकत्वमा चन्द्रकला घिमिरे, जानुका खनाल र नेपाली पाठशालाका विधार्थीहरुको टोलीले देसी भैलो खेलेको थियोे । कार्यक्रममा नविन सुव्वा, राजेन्द्र प्रसाई, माधव दुलाल लगायत अतिथीहरुको उपश्थिी रहेको थियो ।