CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • ब्राम्टोनमा सामुहिक देउसी भैलो कार्यक्रम गरिने

    क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।

    तिहारको अवसर पारेर क्यानाडाको टोरोन्टोमा देउसी भैलो कार्यक्रम आयोजना गरिने भएको छ । नेपाली कला र न्रित्य सम्बन्धी प्रशिक्षण दिदै आएको एभरेष्ट कला यात्राको आयोजनामा देउसी बिशेष कार्यक्रम हुन लागेको हो ।

    अक्टोबर २० मा ब्राम्टोनस्थित एभरेष्ट तेक्वान्दो हलमा सामुहिक भेला भएर कार्यक्रम गर्ने तयारी गरिएको एभरेष्ट कलायात्राका प्रशिक्षक रोशन केसीले बताए । नेपाली मौलिक संस्कृतीको संरक्षण र संबर्दन गर्दै आफ्नो रितिथिती प्रवासमा पनि झल्किरहोस् भन्ने हेतुले यस्तो कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए ।

    जिटिएमा रहनुहुने आम नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भईदिएर सहयोग गरिदिन उनले अनुरोध समेत गरेका छन् ।