
२३ अक्टोबर, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
क्यालगरीको साउथवेष्ट स्थित वाल्डेन गेटमा सञ्चालित ग्रिनचिल्ली रेष्टुरेण्टले विहिवार देखि महोगनीमा आफनो नयाँ शाखा सञ्चालनमा ल्याउने भएको छ ।
नेपालीहरुको (तीन जना) संयुक्त लगानीमा सञ्चालनमा आउन लागेको उक्त शाखाले “न्यु ग्रीनचिल्ली ग्रील” नामबाट आफनो सेवा प्रदान गर्न लागको हो ।

नेपाली तथा इष्ट इण्डियन परिकारका पारखी आफना ग्राहकहरुको मागलाई ध्यानमा राखी नयाँ व्यवस्थापनका साथ उक्त शाखा खोलिएको उदघाटनका क्रममा सञ्चालक छवि अर्यालले जानकारी दिएका छन ।
शाखाको उदघाटन गर्दै अर्का सञ्चालक अर्जुन गैरेले नयाँ शाखा १४६० ७ महोगनी साउदइस्ट क्यालगरीमा विहिवार देखि सञ्चालनमा आउन लागेको बताए ।
लक्ष्मी पुजाको अवसर पारि नेपाली परम्परा अनुसार विधिवत रुपमा पुजा गरि शाखाको उदघाटन गरिएको थियो । उक्त उदघाटनमा बोल्दै सञ्चालक हरि शर्माले आवश्यक सम्पुर्ण तयारी पुरा भैसकेकाले विहिवार देखि औपचारिक रुपमा सेवा प्रदान गरिन बताएका छन ।