CanadaKhabar.com

Friday, May 17, 2024 -
  • ‘प्रदेश ६’ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

    २१ मंसिर, काठमाडौं । दोस्रो चरण अन्तर्गत प्रदेश ६ का तीन जिल्लामा बिहीबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।

    दोस्रो चरण अन्तर्गत प्रदेश ६ का सुर्खेत, दैलेख र सल्यानका ५ प्रतिनिधिसभा र १० प्रदेशसभा सदस्यका लागि मतदान भएको हो ।

    तीनवटै जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको ६ नं.प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त नायव महानिरीक्षक (एआईजी)रणबहादुर चन्दले जानकारी दिए ।

    कुनै राजनीतिक दल र उम्मेदवारहरुबाट समेत मतदानका विषयमा कुनै गुनाशो नआएको एआईजी चन्दले बताए । ” कुनै ठाउँमा त्यस्तो केही भएको छैन, एकदमै शान्तिपूर्ण रुपमा मतदान भएको छ,’ एआईजी चन्दले भने,’उम्मेदवारहरुबाट समेत कुनै कम्प्लेन आएन ।”

    यस प्रदेशमा पहिलो चरणको चुनाव भएका जिल्लाहरुमा केही घटनाहरु भए पनि दोस्रो चरणमा भने चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

    प्रदेश ६ का हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला, जाजरकोट, रुकुम -पश्चिम) जिल्लामा भने पहिलो चरण अन्तर्गत गत १० गते नै मतदान भइसकेको छ ।