CanadaKhabar.com

Thursday, May 2, 2024 -
  • मानव अधिकार दिवसको सन्दर्भमा क्यानाडामा बहस

    राजु थापा, क्यानडा ।

    अन्तरास्ट्रिय मानब अधिकार दिबस २०१७ को अबसर पारेर कन्सर्न नेपाल,क्यानडाले ”निर्बाचन पछिको नेपाल चुनौती तथा सम्भाबना” विषयक विचार गोष्ठीको आयोजना गरेको छ । संयुक्त राष्ट्र संघद्वारा मानव अधिकारको विश्वव्यापी घोषणा पत्र, १९४८ जारी गरेको आज ६९ बर्ष पूरा भएको छ ।

    स्वतन्त्रता, समानता, मर्यादा र सम्मानपूर्वक बाँच्न पाउने मानिसका नैसर्गिक अधिकारहरूको उपयोग गर्न कसैले बन्देज गर्न सक्दैन भन्ने कुरालाई आजको यस पुनित दिनमा विश्वले स्मरण गर्दै आएको छ । लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासनबाट मात्र मानव अधिकारको सूचकांक माथि उठ्ने र विश्वमै संचार जगतको स्वतन्त्रताको दरिलो प्रावधान रहेर पनि गाँस, बास र कपासको प्रत्याभूति गर्ने संवैधानिक व्यवस्थालाई अझै कानूनी स्वरुपमा ल्याउन नसकिएको मुलुकमा मानव अधिकार अवस्था माथि उठाउनको लागि दिगो विकास, प्रभावकारी र अर्थपूर्ण जनसहभागिता, सामाजीक न्याय, शान्तिसुरक्षा, दण्डहीनताको अन्त्य, सुशासन, राजनितिक स्थिरता साथै जनउत्तरदायी सरकार अनिवार्य आवश्यकता माथि छलफल भएको थियो ।

    कार्यक्रममा डा. बामदेव पौडेल, अधिबक्ता केसब दाहाल र प्रो. डा. तुल्सी धरेलले मानब अधिकार र नेपालको अवस्था र विश्वब्यापि प्रभावका बारेमा आ आफ्ना धारणा प्रस्तुत गरेका थिए । एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले लगायत तुल्सी सापकोटा, नेपाली साहित्य समाजका अध्यक्ष गोविन्द सिंह रावत, एनसी एनसी अध्यक्ष डी आर खनाल, माउण्ट एभरेष्ट लाएन्स कल्व ब्राम्टोनका अध्यक्ष मित्र काफ्ले, स्वतन्त्र पत्रकार राजु थापा, एन्ज्याक अध्यक्ष गिरी बुढाथोकि, प्रवासी मन्चका अध्यक्ष रमेश थापा, गोविन्द खत्री, सुर्य भट्टराई, पशुपति पोखरेल, चन्द्र राई लगायतका ब्यक्तिहरुले नेपालको मानव अधिकारको अबस्था र त्यसमा क्यानडा बाट पुर्याउन सक्ने योगदानका बारेमा चर्चा गरेका थिए । अन्य सहभागिहरुले यस्ता खालका कार्यक्रमहरुमा नेपाली युवाहरुको उपस्थिति पनि अपरिहार्य रहेको धारणा ब्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संघ संथाका प्रतिनिधिहरु, समाजसेवी, पत्रकार, ब्यापारी, कानुन बिद, प्रोफेसर लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको थियो । मिसिसागा केन्द्रिय पुस्तकालयमा आयोजना गरिएको कार्यक्रम गोविन्द सिवाकोटीले संचालन गरेका थिए भने कार्यक्रमको संयोजन कृष्ण तिम्सिनाले गरेका थिए ।