
२३ जनवरी, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
अलबर्टाको क्यालगरी वेस्ट स्थित सिएनसिए नेपाली स्कुलको प्रिन्सिपलमा डा. ज्ञानेन्द्र पोखरेललाई नियुक्त गरिएको छ ।

सिएनसिए नेपाली स्कुलले आइतवार वेस्टर्न क्यानाडा हाई स्कुलमा विशेष कार्यक्रमको आयोजना गरी डा. पोखरेललाई प्रिन्सिपलको रुपमा नियुक्त गरिएको घोषणा गरेको छ ।
युर्निभर्सिटी अफ क्यालगरीमा तथ्याँङ्क शास्त्र अध्यापन तथा फुट हिल्स अस्पतालमा सरुवा रोग सम्वन्धि अनुसन्धान गरिरहेका डा. पोखरेल सोही स्कुलमा केहि समय अघि देखि सञ्चालक समिति सदस्य तथा स्वम सेवक शिक्षकको रुपमा कार्यरत थिए ।

नेपाली भाषा संरक्षण तथा सम्वद्र्धन गर्ने उद्धेश्यले सन् २००६ देखि क्यालगरी नेपलीज कम्युनिटी एशोशिएसनले उक्त स्कुल सञ्चालन गरिरहेको छ ।
हरेक साताको आइतवार स्थानिय समय अनुसार २ बजे देखि ४ बजे सम्म क्यालगरी डाउनटाउन स्थित वेस्टर्न क्यानाडा हाई स्कुलमा नेपाली भाषाको अध्यापन गर्दै आईरहेको पुर्व प्रिन्सिपल निशा धौवडेलले बताइन ।
उक्त स्कुलले नेपाली भाषा, कला र संस्कृति सम्वन्धि आफनो छुट्टै पाठ्यक्रम तथा पाठ्य सामाग्री निर्माण गरि अध्यापन गरिरहेको अभिभावकहरुले क्यानाडाखवरलाई बताएका छन ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिबोल शर्मा, उपाध्यक्ष तथा एनआरएन क्यानाडाका प्रतिनिधि दिनेश घिमिरे,एनआरएन क्यानाडाका पुर्व अध्यक्ष्ँ विनोद केशी लगायतको उपश्थिती रहेको थियो ।