CanadaKhabar.com

Friday, May 3, 2024 -
  • एमाले र माओवादीबिच पार्टी एकता गर्ने निर्णय, बालुवाटारमा बन्यो सातबुंदे सहमती

    गोकर्ण लामिछाने ।

    नेपालको वामपन्थी आन्दोलनमा एउटा नयाँ एतिहासिक श्रीङ्खखला सुरु भएको छ । लामो समयको अभ्यास पश्चात देशका ठुला राजनैतीक शक्ती ‘एमाले र माओवादी’ बिच एकता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राती अबेरसम्म बसेका दुई दलका शिर्ष नेताहरुबिच सातबुंदे पार्टी एकता समझदारीमा हस्ताक्षर समेत भएको छ ।

    सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।
    एकता पछी पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ राखिने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ ।

    स्रोतले बताए अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ । अन्य पदहरु पार्टीको लिडर,सरकारमा मन्त्रालयको बांडफांड , सभामुख, भाबी राष्ट्रपती को बिषयमा भने अझै सहमती टुङगिन सकेको छैन ।

    नेपालको राजनैतिक ईतिहासमै सम्भवत: पहिलो पटक दुई ठुला वाम  घटक बिचको एकता हुने यो निर्णय संसारभरको लागि चासोको बिषय बन्न पुगेको छ ।