CanadaKhabar.com

Friday, May 3, 2024 -
  • टोरोन्टोमा टेबल टेनिस प्रतियोगिता सम्पन्न

    राजु थापा – क्यानाडाखबर डेस्क, टोरोन्टो ।

    लालिगुराँस स्पोटर्स एण्ड कल्चरल क्लबको आयोजनामा एक दिवसीय प्रथम ग्रेटर टोरोन्टो टेबल टेनिस प्रतियोगिता २०१८ सम्पन्न भएको छ ।

    ग्रेटर टोरोन्टोमा बसोबास गर्ने नेपाली समूदायका विभिन्न बर्ग तथा उमेरका करिव ३२ जना खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगिता मिसिसागामा भएको थियो । लालिगुराँस क्लबले आफ्नो स्थापना काल देखि भलिवल लगायत विभिन्न खेलकुद प्रतियोगिता तथा सांकृतिक कार्यक्रमहरु गर्दै आईरहेको थियो ।

    टेबल टेनिस प्रतियोगिताको आयोजना भने यो पहिलो हो । यसै क्रममा एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले टेबल टेनिस प्रतियोगिताको उद्घाटन गरेका थिए ।

    प्रतियोगितामा प्रथम हुने ब्राम्पटनका मनिल वाग्लेले ५०० डलर प्राप्त गरेका छन् भने टोरोन्टोका रमेश थापा द्धितिय भै २०० डलर र त्रितिय हुने ब्राम्पटनका अनिस रेग्मी लाई क्यानेडियन डलर १०० पुरस्कार प्रदान गरिएको छ । फेयर प्ले जनार्दन अधिकारीले प्राप्त गरेका छन् ।

    बिजयी हुने प्रतियोगीहरुलाई प्रायोजक अतुल सुवेदी, लालिगुराँस क्लवका अध्यक्ष उत्तम श्रेष्ठ, लालिगुराँसका पूर्व अध्यक्ष उत्तम केसी र लालिगुराँस क्लवका महासचिव विन्दु श्रेष्ठले नगद पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा नेपाली समूदायका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको प्रायोजन प्रोफेसनल ल कर्पोरेसन मार्फत बरिष्ठ अधिवक्ता अतुल सुवेदीले गरेका थिए ।

    विदेशमा बसेर फुर्सदको समयमा गरिने यस्ता खेलकुद गतिविधिहरुले नेपाली समूदायको विकाश लगायत एक आपसमा सम्बन्ध प्रगाढ गराउन मद्धत गर्ने आयोजकले जनाएको छ । कार्यक्रम सुनन्द सुवेदीको संयोजकत्वमा भएको थियो ।