टोरोन्टो, क्यानाडा । क्यानाडामा गायक तथा नायक सत्यराज आचार्यको गित को म्युजिक भिडियो को छायांकन भएको छ| सो गीतमा क्यानाडा निवासी कलाकार उद्धव सापकोटा र क्यानेडियन मोडल मोनिका मायर को अभिनय छ भने श्रीकृष्ण फुयालले छायांकन गरेका छन्, सम्पादन तथा निर्देशन इश्वर थापाको रहेको छ

संगीता पौडेलको रचनामा सत्यराज आचार्यको स्वर रहेको सो गीतमा संगीतकार अशोक थापाले संगीत भरेका छन्| क्यानाडाको नियाग्रा फल्स र टोरोन्टो वरिपरि यो गीतको म्युजिक भिडियोको छायांकन भएको छ ।