CanadaKhabar.com

Monday, May 20, 2024 -
  • क्यालगरीमा फाटेको जुत्ता प्रदर्शन हुने

    १ मार्च , क्यानाडाखबर.कम क्यालगरी व्युरो ।

    क्यानाडाको क्यालगरीमा मार्च १० तारिख आइतवार नेपाली कथानक चलचित्र फाटेको जुत्ता प्रदर्शन हुने भएको छ । अर्जुन कुमार फिल्मको व्यानरमा निर्मित चलचित्र फाटेको जुत्ता क्यालगरीको डाउनटाउन स्थित ग्लोव सिनेमा हलमा प्रदर्शन हुन लागेको आयोजक इपल इन्टरटेन्टमेन्ट क्यालगरीले जनाएको छ ।
    स्थानीय समय अनुसार साँझ ६ बजे देखि शुरु हुने चलचित्र हेर्नका लागि सर्वसाधरणलाई क्यानेडियन १५ डलरका टिकटहरु बजारमा उपलव्ध गराईएको जनाइएको छ । चलचित्रबाट संकलन हुने मुनाफाको २० प्रतिशत रकम सामाजिक कार्यमा लगाउने आयोजक संस्था इपल इन्टरटेन्टमेन्टका सञ्चालक माधव दुलालले क्यानाडाखवरलाई बताएका छन ।
    निकेश खड्काद्धारा निर्देशित चलचित्रमा नायक सौगात मल्ल, नायिक प्रियँका कार्कीले कमेडियन शैलीमा अभिनय गरेका छन । त्यस्तै कमलेश्वर चौरासिया र रविन्द झाले पनि जिवन्त अभिनय गरेका छन ।