CanadaKhabar.com

Monday, May 20, 2024 -
  • क्यानडाको बिभिन्न सहरहरुमा हुन गई रहेको बहु सांस्कृतिक कार्यक्रमहरुमा नेपालको तर्फबाट पनि सहभागिता हुदै ।

    लक्ष्मी केसी – नारायणपुर, दाङ

    विगत २ बर्ष देखी क्यानडाको ओन्टारियो सहरमा बहु सांस्कृतिक तथा व्यापरिक मेलामा सहभागिता हुदै आईरहेको नेपाल प्रर्यटन बोर्ड क्यानडाले यस बर्ष पनि सहभागिता जानाउने भएको छ ।
    सो मोहत्सवमा नेपालको प्रर्यटकिय क्षेत्र, बिभिन्न जातजातिका कला- संस्कृति र नेपाली परिकारको पनि प्रर्दशन गरिने त्यहाँबाट प्रर्यटन दुत नर बहादुर टन्डनले जानकारी गराएका छन ।
    गत बर्ष नेपालको कला संस्कृतिलाई मन पराएर ब्राम्टन नगर पालिकाले नेपालको संस्कृतिलाई उत्तम मानी पहिलो प्राथमिकता दिएको थियो ।
    स्मरण रहोस यस कार्यलाई उच्च स्थानमा पुर्याउन, उत्तर अमेरिकाका सांस्कृतिक दुत पुर्ण नेपाली लगायतकाले महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।

    डान्सको तयारी पछी सामुहिक तस्विर खिच्दै ।

    उक्त मेलामा विश्वबाट करिब ७५ देशको सहभागिता रहेको सो कार्यक्रममा ४ लाख बढी दर्शकहरुको जनसहभागिता रहेको थियो भने करिब १६ हजार भन्दा बढी दर्शकहरुले नेपाली स्टलको अवलोकन गरेका थिए र अवलोकन कर्ताहरुले नेपाल र नेपालीको कला संस्कृति प्रति मोहक भई प्रसंसा समेत गरेका थिए ।
    ईच्छुक नेपाल घुम्न जान चाहने व्यक्तिहरुलाई १५% छुट पाउने ब्यवस्था सम्म गरिएको थियो र सो कार्यलाई निरन्तरता दिईने छ र आगामी दिनमा क्यानडाको बिभिन्न सहरहरुमा हुने यस्ता कार्यक्रमहरु गर्नाले नेपालको प्रर्यटन बिकासमा उल्लेखनिय टेवा पुग्ने थियो ।
    साथै विगत ५ वर्ष देखी प्रयटन दुत नर वहादुर टन्डनले ब्यक्तिगत लागतमा नेपाल प्रर्यटन विकासका लागी निरन्तर रुपमा निस्वार्थ भावले आफ्नो तर्फबाट ससक्त भुमिका निभाउदै आउनु भएको छ । नर बहादुर टन्डनले जस्तै अरु व्यक्तिहरुले पनि आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने हो भने नेपालको प्रर्यटन क्षेत्रको तिब्र बिकास हने कुरामा दुईमत हुने थिएन ।