CanadaKhabar.com

Monday, May 20, 2024 -
  • नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अधिवेशन मार्च ३१ मा हुने

    २ मार्च , क्यानाडाखबर. कम क्यालगरी व्युरो ।
    अलबर्टाको क्यालगरीमा लामो समय देखि कार्यरत नेपालीहरुको संस्था नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अधिवेशन यहि मार्च ३१ (शनिवार) मा क्यालगरीको मार्लव्रो स्थित कम्युनिटी हलमा हुने भएको छ ।
    संस्थाको गत मंगलबार बसेको कार्य समिती बैठकले आगामी २ बर्षका लागि नयाँ कार्य समिती चयन गर्ने गरि संस्थाका बोर्ड अफ डाइरेक्टर कल्पना ढकाललाई प्रमुख निर्वाचन अधिकृत समेत नियुक्त गरेको छ ।
    संस्थाका सचिव दिनेश अधिकारीद्धारा सदस्यहरुका लागि मंगलबार साँझ संप्रेषित इमेल मार्फत सो कुराको जानकारी गराइएको हो । संपे्रषित इमेलमा क्यालगरी निवासी सम्पुर्ण नेपालीहरुलाई अधिवेशनमा सहभागी हुन अनुरोध गर्दै अधिवेशनमा सहभागी हुन आवश्यक सदस्यता वितरणको कार्यक्रम भैरहेको जानकारी समेत गराइएको छ ।
    संस्थाल ेसाधरण सदस्य तथा आजिवन सदस्य लिन चाहनेहरुका लागि अनलाईन मार्फत सदस्यता लिन सकिने व्यवस्था मिलाएको छ । जसका लागि http://ncsccalgary.com/online-membership or http://ncsccalgary.com/online-life-membership लगअन गर्न सकिने छ ।