CanadaKhabar.com

Monday, May 20, 2024 -
  • युवाहरुसंग अन्तरकृया गर्दै एनआरएन क्यानाडा

    क्यानाडाखबर संबाददाता – टोरोन्टो, क्यानाडा ।

    एनआरएन क्यानाडा युथ कमिटीले आउंदो शनिबार एक अन्तरकृया कार्यक्रम गर्ने भएको छ । ब्राम्टोनस्थित एभरेष्ट तेक्वान्दो हलमा दिनको २ बजे कार्यक्रम गर्न लागिएको हो ।

    कार्यक्रममा एनआरएन ग्लोबलका संयोजन सुदन थापाको प्रमुख आतिथ्यता रहने छ । प्रवासमा रहेका नेपाली युवाहरु सरोकारका बिषयहरुमा छलफल गरीने तयारी रहेको एनआरएन क्यानाडा युथ सर्कलका संयोजक कृजल केसीले बताए ।