CanadaKhabar.com

Friday, May 10, 2024 -
  • एनसिएससीको प्रमुख निर्वाचन आयुक्तमा ढकाल

    १७ मार्च , क्यानाडाखबर. कम क्यालगरी व्युरो ।
    नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरी (एनसिएससी)को आगामी मार्च ३१ तारिखमा हुन लागेको अधिवेशनका लागि प्रमुख निर्वाचन आयुक्तमा कल्पना ढकाललाई नियुक्त गरिएको छ ।
    प्रमुख आयुक्त ढकालले नेपाली समाज भित्रको भाइचारा कायम राख्दै अधिवेशनलाई शान्त र सौहार्दपुर्ण बातावरणमा सम्पन्न गर्न आफु पुर्ण रुपमा प्रतिवद्ध रहेको आज क्यानाडाखवर संग बताएकी छिन ।

    संस्थाकी पुर्व अध्यक्ष तथा बोर्ड अफ डाइरेक्टर ढकालले युवाहरुले संस्था प्रति देखाइरहेको चाहना सह्रानिय रहेको भन्दै सहमतीका आधारमा सवैलाई समेटेर अघि बढे संस्थाले थप उचाई लिन सक्ने दावी गरेकी छिन ।
    उनले आकाक्षीहरुको संख्या बढेकाले बजारमा निर्वाचनको हल्ला भैरहेको जनाउदै आवश्यक परेमा निर्वाचनका लागि पुर्ण रुपमा तयारी भैरहेको बताएकी छिन ।
    उनले भनिन “ अहिले सदस्यता नविकरण तथा वितरणको कामलाई प्राथमिकता दिएकी छु । मार्च २० सम्म यो क्रम जारी रहन्छ । मार्च २५ मा हुने उमेदवारी दर्ताले निर्वाचन हुने वा नहुने भन्ने कुराको टुङ्गो लगाउने छ ” ।