CanadaKhabar.com

Friday, May 10, 2024 -
  • यो क्यानाडामा कर बुझाउंने समय हो, तपाईले थाहा पाउनै पर्ने केहि जानकारीहरु

    शरद पौडेल- क्यानडा ।

    बसन्त ऋतुको आगमनसंगै क्यानडामा कर विवरण बुझाउने सिजन शुरु भयो । र यो समय २०१७ सालभरिको आय ब्यायको विवरण, कति कर तिरियो, कर दायित्य कति बाँकी छ वा बढी कर तिरिएको कर रकम कति त कहिले पाउने हो भनि हिसाबकिताब गर्ने समय हो । कर विवरण भर्नु अघि गत बर्षभरि भएका वा गरिएका आम्दानिहरु, सम्बन्धित खर्चहरुका कागजातहरु जम्मा गर्ने र, कर सम्बन्धित हेरफेरको जानकारी र करदाताको आधिकार अनि दायित्वको बारेमा सामान्य जानकारी लिने उपयुक्त समय पनि यहि हो ।प्रत्यक बर्ष केन्द्रिय सरकार वा प्रान्तीय सरकारले कर छुट सुबिधा वा दायित्य को दायेरामा हेरफेर गरेको हुन्छ र उक्त जानकारी हरेक करदातालाई थाहा हुनु अनिबार्य हुन्छ । यस लेखमा २०१८ को ब्याक्तिगत कर विवरण सम्बन्धि साधारण जानकारी एबम यो बर्ष भएका पुराना वा नयाँ थप सुबिधा वा कटौती बारेमा जानकारी गराउने प्रयास गरेको छु ।

    कर विवरण बुझाउने अन्तिम मिति
    अप्रिल ३०, सबै क्यानाडाबासिलाई सम्झनपर्ने दोहोरो अन्तिम मिति हो, एउटा तपाईको कर विवरण बुझाउने र अर्को केहि कर दायित्य छ भने त्यो बुझाउने पनि अन्तिम दिन । यदि अप्रिल ३० भित्र विवरण बुझाउनु भएन र केहि रकम तिर्नु छ भने बुझाउनुपर्ने करमा बिलम्ब शुल्क लाग्नुकासाथै ब्याज जरिवाना लाग्द्छ ।
    जुन १५ । स्वरोजगार वा करार ब्याक्तिहरुले कर बिबरण बुझाउने आन्तिम मिति जुन १५ हो । तर याद गर्नुहोला, यदि स्वरोजगार ब्याक्तिहरुले कर तिर्नु बाँकी छ भने उक्त रकम बुझाउने अन्तिम मिति अन्य सामान्य ब्याक्ति जस्तै अप्रिल ३० नै हो ।

    चांडोमा विवरण कहिले बुझाउन सकिन्छ त ?
    जति चांडोविवरण बुझायो तेती चांडो कर फिर्ता आउने भएकोले धेरै केनेडीयनहरु विवरण बुझाउन हतारो गर्दछन ।
    केनेडीयन कर कार्यालयले २०१७ को कर विवरण फेब्रुरी २६, बाट बुझ्न सुरु गरेको छ, आजकल सबैजसो विवरण कम्पुटरबाट हुने भएकोले, कम्युटरले त्यो मिति भन्दा आघिको विवरण नै स्वीकार गर्दैन ।
    तपईसंग सम्पूर्ण विवरण हातपरिसकेको छ भने समय कुरेर अनाबस्यक जरिवाना र हर्जाना ब्येहोर्नु वा ढिला गरि कर रकम फिर्ता पाउनु भन्दा अप्रिल ३० भन्दा आगाडी नै कर विवरण बुझाउनु उत्तम हुनेछ ।

    कर विवरण बुझाउनै पर्छ त?
    साधारणतय जसले कर तिर्नु पर्छ उसले मात्रै बुझाउनु पर्ने अनिबार्य हुन्छ |तथापी कर दायित्य नभएतापनि प्रत्येक बर्ष कर विवरण बुझाउनु पर्ने कारणहरु छन् ।
    पहिलो, तपाइले कर विवरण नबुझायेसम्म्म कर फिर्ता पाउनुपर्ने रकम फिर्ता पाइदैन ।
    दोश्रो, तपाइले बुझाएको कर बिबरणको सुचनाको आधारमा केन्द्रिय वा प्रान्तीय सुविधाहरुको निर्धारण हुने भएकोले तपाइले पाउन सक्ने सुभिधाहरु जस्तै Child Tax Benefit, Working Income Tax benefit, GST/HST rebate, Ontario Trillium Benefit, Disability benefit आदि हरु रोकिन सक्छन वा एकिन सुबिधा गुम्न सक्दछ ।
    तेस्रो, विभिन्न बैकिङ्ग सुविधाहरु, बालबच्चा हेरचाह अनुदान एबम शैछिक अनुदानहारूको निबेदन र सुबिधा गत बर्षको आम्दानीको आधारमा हुने भएकोले गत बर्षको कर निर्धारण फर्छौट विवरण हुनु अनिबार्य हुन्छ ।

    यो बर्ष नयाँ के के हेरफेर छ त? के के हट्यो यो बर्ष?
    शिक्षा तथा शैक्षिक सामग्री छुट: जनवरी १, २०१७ देखि बिधार्थिहरुले बिगत बर्षहरुमा पाउदै आएको शिक्षा तथा शैक्षिक सामग्री छुट सुबिधा हटेको छ । याद गर्नुहोला बिगत बर्षमा बाँकि रहेर आगामी बर्षलाई सारिएको खर्च भने दाबि गर्न सकिनेछ।
    बालबच्चा अन्य क्रियाकलाप छुट: बालबच्चाको अन्य क्रियाकलाप खर्च जस्तै पौडी, कलाकारिता, नाच वा खेलकुद खर्चहरु को कर छुट सुबिधा हटाईएको छ |
    सार्बजनिक यातायात कर छुट: गत बर्षको बजेटले जुलाई १ देखि लागु हुनेगरी सार्बजनिक यातायात कर छुट हटाईएको छ। तर २०१७ को जनवरी १ देखि जुन ३० सम्मको सार्बजनिक यातायात खर्च २०१७ को विवरण बुझाउदा दाबी गर्न सकिनेछ ।

    नयाँ र राम्रो के छ?
    उपचार खर्च छुट : निसन्तान उपचार खर्च मध्ये केहि खर्च यो बर्षको विवरणमा दाबि गर्न सकिनेछ । यति मात्रै होइन, यदि बिगत १० बर्षमा निसन्तान सम्बन्धि खर्च भएको छ भने उक्त बर्ष को विवरण सच्याएर पुन बुझाउन सकिनेछ र कर छुट दाबि गर्न सकिनेछ ।
    अपांगता कर छुट (Disability tax credit): अपांगता सिफारिश को लागि सरकारले गत बर्षबाट नर्षहरुलाई पनि मान्यता दिएको छ जसबाट अपाङ्गता कर छुटको सरलीकरण भएको छ ।
    Canada Caregiver Credit: घरपरिवारमा शारीरिक/ मानसिक अशक्तता सदस्य छन् भने अघिल्ल्ला बर्षहरुमा भएको झन्झटिलो विभिन्न ३ छुट्टा छुट्टै कर छुटलाई एकमुस्ट Canada Caregiver Credit गरि सरलीकरण भएको छ ।

    कर विवरण, कर भुक्तानी र जानकारीको नयाँ तरिका
    टेलिफोनबाट कर विवरण बुझाउन सकिने
    यो बर्षबाट कर कार्यालयले टेलिफोन कर सेवा सुरु गरेको छ ।यदि तपाईसंग साधारण रोजगारीको आम्दानि छ भने यस बर्षबाट तपाइले कर कार्यालयको फोन नम्बरमा फोन गरेर तपाईको साधारण जानकारी गराएर कर विवरण बुझाउन सकिनेछ । याद गर्नुहोला, यो सेवा सिमित आम्दानि भएका र रोजगार आम्दानि भएकालाई मात्र हो ।
    आफै उपस्थित भएर कर तिर्नुस
    यो बर्षबाट कर कार्यालयले करदातालाइ आँफै कुनै पनि Canada Post अफिस गएर नगद वा डेबिट कार्ड मार्फत कर बुझाउन सक्ने सुबिधा क्यानाडाभरि नै उपलब्ध गराएको छ ।
    हुलाकबाट कर विवरण बुझाउन सकिने
    साधारणतया आजकल कर विवरण कम्पुटर बाट ई-फाईल गरि बुझाईन्छ, यदि बिगत बर्षहरुमा जस जसले Paper Filling गरेको छ उसलाई कर कार्यालयले खालि फर्म तपाईको स्थाई ठेगानामा पठाएको छ जसले तपाईलाई क्यानाडा पोस्ट वा Service क्यानाडा अफिस जाने झंजत हटेको छ ।
    कर विवरण आँफै हुने ब्यबस्था
    कर कार्यालय (CRA) ले आजकल सम्पूर्ण आम्दानी कर कागजात जस्तै; रोजगार कमाइ कागज (T4), लागानीबाट आम्दानि कागजातहरु आदि अनलाईनबाट बुझाउने ब्याबस्ठा गरेको छ र निकट भविष्यमा सबै कागजात अनलाईन बाट अनिबार्य उपलब्ध हुनेछ र त्यसपछि तपाइँ हामिले कर विवरण बुझाइरहनुपर्ने झन्झट हट्नेछ । यो सुबिधा अहिले नै उपलब्ध त छैन तर यदि तपाईले कर विवरण समयसीमाभित्र नबुझाएमा कर कार्यालयले अनलाईनमा उपलब्ध जानकारीको आधारमा आँफै कर निर्धारण गरि तपाइलाई जानकारी गराउनेछ ।

    कर विवरणको लागी आबस्यक कागजातहरु
    आम्दानी सम्बन्धित कागजातहरु
    रोजगार गर्नेहरुले २०१७ को T4 विवरण
    अवकाश प्राप्त हरुले पेन्सन, उपदान वा अन्य आम्दानि कागज T4A रिपोर्ट
    शैक्षिक अनुदान छ भने सम्बन्धित संस्थाबाट जारि गरिएको T4A विवरण
    लागानी बाट ब्याज वा अन्य आम्दानि छ भने T5/T3 रिपोर्ट
    बेरोजगार वा सामाजिक सुरक्षा भत्ता वा अन्य सुबिधा लिएको छ भने T4E रिपोर्ट
    सामाजिक सुरक्षा भत्तालिने हरुले T5007
    कमिसन, वा ब्याक्तिगत अन्य आम्दानिबाट पाउने T4A , आदि आदि
    शेयर लगानी छ भने T5008 विवरण
    खर्च वा छुट सम्बन्धि कागजातहरु;
    रोजगारसंग सम्बन्धित खर्च हरु वा रोजगार दाताले जारि गरेको छ भने T2202 फर्म
    चिल्द्चरे खर्चहरु संग सम्बन्धित कागजातहरु
    औषधी उपचार वा उपचार संग सम्बन्धित कागजातहरु
    केयरगिभरसंग सम्बन्धित कागजातहरु
    सामाजिक संस्थाहरुलाई सहयोग रसिदहरु र राजनैतिक सहयोग रसिदहरु
    लागनी आम्दानि छ भने सो संग सम्बन्धित कागजातहरु
    ब्याबसायिक सदस्यता शुल्क वा Union Dues
    RRSP जम्मा गरिएको छ भने सोको रशिद
    Spousal Support, बालबच्चा सपोर्ट
    अन्य ब्याक्ति बिशेस छुट क्रेडिट कागजातहरु

    कर फिर्ता रकम पाउन कति समय लाग्छ?
    साधारणतया तपाइले अनलाइन मार्फत कर विवरण बुझाएको दुई हप्ता भित्र तपाईले पाउनुपर्ने रकम तपाइको खातामा जम्मा भईसकेको हुन्छ । र तपाइको कर निर्धारण फर्छौट पत्र तपाइको हात परिसक्नेछ । यदि Paper Filing हो भने बढीमा ८ हप्ता लाग्न सक्दछ । यदि तपाईले क्यानाडामा पहिलोपल्ट कर विवरण बुझाउनदै हुनुहुन्छ भने सरदार ६ देखि ८ हप्ता लाग्दछ।
    कहिलेकाही कर कार्यालयले कुनै सुचना बाझिएको, छुटेको वा गलत भएको खण्डमा उक्त सुचना नसच्याईकन कर निर्धारण नगर्न सक्दछ र उक्त सुचनाको लागि पत्राचार गर्दछ र उक्त सुचना करदाताले पत्रमा उल्लेखित समयसीमाभित्र जानकारी दिईसक्नुपर्ने हुन्छ।
    कर फिर्ता वा कर निर्धारण कागज माथि उल्लेखित समय सिमाभित्र आईनपुगेमा तपाइले सिधै CRA को फोन नम्बर १-८००-९५९-८२८१ मा फोन गरि जानकारी लिन सक्नु हुनेछ ।
    तपाइले CRA को वेबसाईट https://www.canada.ca/en/revenue-agency.html मा गएर My Account भित्र आफ्नो खाता खोल्नुभएको छ भने तपाइको कर सम्बन्धि सम्पूर्ण सुचनाहरु त्याही हुन्छन, केहि सुचना दिनु/लिनु
    परेमा तुरुन्त My Account भित्र डाउनलोड /अपलोड गर्न सक्नु हुनेछ ।

    गलत विवरण बुझाउंदा के हानि हुन्छ?
    कसै कसैले गत बर्षको आम्दानि अर्को बर्षमा देखाउछु भनि उक्त बर्षमा नदेखाउने, नगद आम्दानि कर बिबरणमा उल्लेख नगर्ने, हुदै नभएको आम्दानि संगका खर्चहरुलाई देखाउने वा भएको भन्दा बढी देखाउने गरेको सुनिन्छ। अल्पकालमा त यसले तपाइको पाउने कर फिर्ता रकम केहि बढाउला वा तिर्नु पर्ने कर रकम कमि गराउला तर दिर्घकालिन रुपमा यसले तपाईलाई घाटा हुन सक्दछ।
    पहिलो कुरा कर कार्यालयले प्रत्यक बर्ष जो कोहि मध्ये केहीलाई कर विवरणमा समाबेस सुचना सहि छन् वा छैनन् भनेर तपाइको सम्पूर्ण आम्दानि वा खर्च सुचनाको रुजु गर्दछ र आबस्यक परेमा सक्कल प्रति तपाईसंग माग्दछ र चित्तबुझ्दो प्रमाण नपाएमाharjaana उक्त रकमलाइ हटाई कर पुन निर्धारण गर्दछ र बढी कर रकम तिर्नु पर्ने भएमा कानुन बमोजिम हर्जाना एबम ब्याज लगाई कर रकम तिर्न लगाउदछ।
    दोश्रो, आजकाल ईन्टरनेटको जमानामा तपाइका मुख्य सुचनाहरु अनलाईनमा नै हुन्छन र कर कार्यालयलाई उक्त सुचनाको जानकारी सजिलै हुन्छ। तसर्थ तपाईले केहि सुचना भुलबश छुटाउनु भो वा गलत सुचना दिनु भो भने सजिलै भेटिने हुन्छ र उक्त सुचनाको आधारमा CRA ले तुरुन्तै कर विवरण संसोधन गरिहाल्ने सम्भाबना रहन्छ ।
    तेश्रो, नेपालि उखान एकपटकको चोर सधैको चोर भने जस्तो कर अधिकृतलाइ एकपटक तपाईको विवरणमा नियतबश गलत सुचना दिएको भन्ने लागेमा उनीहरुले गलत सुचनाको टिपोट तपाइको फाईलमा राख्दछन जसले आगामी बर्षहरुमा तपाइको विवरण शंकाको दृस्टीकोणले हेर्दछन र सक्कल प्रमाणहरु मागेर अनाबस्यक झंझट ब्येहोर्नु पर्ने हुन सक्दछ ।

    बिल, रसिद एबम अन्य कागजातको रेकर्ड
    Canada Revenue Agency ले तपाइले पेस गर्नुभएको विवरण जति सक्दो चाडो रुजु गर्दछ र कर निर्धारण गरि उक्त विवरण प्रत्येक करदातालाई पठाउदछ| कहिलेकाँही कर अफिसरलाई तपाइँले पेस गरेको विवरण संका लागेमा, कुनै सूचना अस्पस्ट भएमा वा कतै बाझिन गएमा उक्त विवरण संग सम्बन्धित कागजात, बिल, रसिदहरु को प्रतिलिपि माग्न सक्दछ| यदि उक्त विवरण संग सम्बन्धित कागजात, बिल, रसिदहरुको प्रतिलिपि समयसीमाभित्र पठाउन सकिएन भने ति खर्च वा क्रेडिट रकमलाई अमान्य गरि उक्त व्यक्तिको कर पुन निर्धारण गर्दछ | यसैले तपाइले कर विवरण बुझाउदा संग सम्बन्धित कागजात कम्तिमा ६ बर्ष सम्म सुरक्षित राख्नु पर्दछ|

    र यो पनि
    हालसालै CRA ले करदाता हरुलाई सहजताकोलागि मोबाईल APPS हरु निकालेको छ जसबाट ब्याक्तिगत वा ब्याबसायिक कर जानकारी एबम अन्य सुबिधा लिन सकिन्छ |
    MyBenefits CRA – यो APP ब्याक्तिगत करदाताहरुको लागि हो, यसबाट सजिलै रुपमा तपाईले तुरुन्तै तपाईको ब्याक्तिगत सुबिधा भुक्तानी, छुट सुबिधा आदि जानकारी लिन सकिन्छ ।
    MY CRA: यो APP पनि ब्याक्तिगत कर दाताहरुको सुबिधाको लागि हो र यसबाट तपाइले तुरुन्तै आफ्नो कर सम्बन्धि मुख्य सुचनाहरु जस्तै, कर फर्छौट विवरण (Notice of Assessment), कर विवरण अभिलेख, कर फिर्ता, सुबिधा र छुट, RRSP, TSFA सुचना जानकारीका साथै यसबाट ब्यक्तिगत सुचनाको हेरफेर, कर भुक्तानी बैकिङ्ग सुचना को परिबर्तन आदि सुबिधा लिन सकिन्छ ।

    र अन्त्यमा, बर्ष भरि मरी मरी काम गरेर धेरै कर तिर्ने चाहाना कसैलाई हुदैन र सकेसम्म आफ्नो हातमा नगद धेरै र त्यो पनि भोलि होइनकि आजनै देख्ने चाहाना सबैको हुन्छ । आजकल बजारमा बिभिन्न सफ्टवेरहरु किनेर वा अनलाईनमा सित्तैमा पनि आँफैले कर विवरण बुझाउन सकिन्छ । साधारण आम्दानि छ भने र तपाईलाई थोरबहुत कर सम्बन्धि जानकारी छ भने आफै कर विवरण बुझाउन सक्नुहुनेछ तर तपाईसंग साधारण रोजगार आम्दानि बाहेकका ब्याबसायिक आम्दानि, घरभाडा आम्दानि, लागानी सम्बन्धि आम्दानि, घरपरिवारमा कोहि अपाङ्गता छ, ६५ बर्ष भन्दा माथिका कोहि हुनुहुन्छ, पारिवारिक सदस्य बिरामी हुनुहुन्छ वा बिदेशमा उपचार गराउदै हुनुहुन्छ , विदेशमा सम्पति वा कमाई छ, नेपालमा श्रीमती वा बाल बच्चालाई पैसा पठाउनु भाको छ आदि ईत्यादि छ भने तपाइले क्यानाडाको आयकर सम्बन्धि पूर्ण जानकारी भएको ब्याक्तिसंग जानकारी लिएर कर विवरण बुझाउदा बढी रकम फिर्ता पाउने, आज तिर्नु पर्ने कर दायित्वलाइ बर्षौं पर धकेल्ने वा भबिष्यमा कर कार्यालयबाट आईपर्ने अनाबश्यक झन्झट बाट मुक्त हुनुहुनेछ।

    Email: cpasharad@gmail.com
    (लेखक Canadian CPA, CGA हुनुहुन्छ र बिगत ७ बर्षदेखी क्यानाडामा आयकर एबम लेखापरिक्षण
    ब्यबसायीको रुपमा कार्यरत हुनुहुन्छ)|