CanadaKhabar.com

Friday, May 10, 2024 -
  • क्रिकेट क्लब बारे जानकारी दिन पत्रकार सम्मेलन गरिने

    क्यानाडखबर संवाददाता – टोरोन्टो, क्यानडा ।

    क्यानडामा रहेका नेपाली क्रिकेटरप्रेमीहरु लाई समेट्दै खेलको बिकासमा बामे सर्दै गरेको क्लब नेप्लिज क्यानेडियन क्रिकेट क्लबले आउदो ३१ तारिक शनिबार ब्राम्टोनमा रहेको एभरेष्ट तेक्वान्दो हलमा  पत्रकार सम्मेलन गर्ने  भएको छ ।

    भर्खरै सुरुवात गरिएको क्लबको आगामी कार्यक्रम तथा योजनाका बारे संचारकर्मीलाई जानकारी दिन पत्रकार भेटघाट राखिएको क्लबका अध्यक्ष इम्रन खानले बताए ।

    आगामी सिजनमा संचालन गर्न लागिएको टुनामेन्टबारे यसै कार्यक्रम मार्फत जानकारी दिने तयारी समेत भएको उनले जानकारी दिए ।