CanadaKhabar.com

Monday, May 20, 2024 -
  • क्यानाडाबाट औपचारिक शुभारम्भ भयो ‘नेपाली क्रिकेटर क्लब ‘

    क्यानडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा ।

    नेप्लिज क्यानेडियन क्रिकेट  क्लबले  पत्रकार सम्मेलन गरेर आफ्ना आगामी कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेका छन् । टोरोन्टो आसपासमा उपलब्ध संचारकर्मी र नेपाली समुदायका प्रतिनिधिहरुलाई भेला गराएर क्बलको औपचारिक रुपमा शुभारम्भ गरिएको छ । क्रिकेटप्रेमीहरुको साझा संस्थाको रुपमा  बिकास गरी आउंदो अप्रिलमा क्यानाडाको ब्राम्टोनमा हुने लिग टुनामेन्टमा आफ्नो सहभागीता जनाउने  कुरा कार्यक्रममा आयोजकले जानकारी गराए ।

     

    कार्यक्रममा १४ टिमहरुले सहभागी जनाउने छन् । यो टुनामेन्टमा नेपाली टिमले पहिलो पटक उपस्थिती जनाउंदै छ । नेपाली क्रिकेटरहरुको क्षमता अन्तराष्ट्रिय स्तरसम्म पुयाउन  टुनामेन्टले मद्घत पुर्याउने विश्वास क्लबका अध्यक्ष तथा क्रिकेटर ईम्रन खानले ब्यक्त गरे ।

     

    कार्यक्रममा एनआरएन आईसिसी सदस्य अभिमन्यु बस्नेत, प्रमिला बस्नेत, एनआरएन क्यानाडाका अध्यक्ष गोपी काफ्ले, उपाध्यक्ष राज महत, एनआरएन क्यानाडाका पुर्व अध्यक्ष अनिल थापा,एनसिसी अध्यक्ष डिआर खनाल, जनजाती महासंघका अध्यक्ष गिरी बुढाथोकी, जनसंपर्क समितिका लीलाधर न्यौपाने, एनआरएनए क्यनाडा खेलकूद बिभागका कृजल केसी लगायतले क्लबलाई शुभकामना ब्यक्त गर्दै आफ्ना भनाईहरु राखेका थिए भने कार्यक्रममा उपस्थित सहभागीहरु र संचारकर्मीले जिज्ञासा राखेका थिए जिज्ञासा मेटाउने प्रयासमा क्लबका अध्यक्ष इम्रन असगर , सचिब अमृत थापा, कोषाध्यक्ष निराजन श्रेष्ठ लगायत बोर्ड मेम्बरहरु फर्न्टलाइनमा उत्रिएका थिए ।

     

    कार्यक्रममा आईटी टेक्नोलोजीको उच्चतम् प्रयोग गर्दै नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरुले पठाएको शुभकामना सन्देश पर्दामा देखाईएको थियो भने नेपाली क्रिकेटको बिकासमा महत्वपूर्ण भूमिका खेलेका पुर्व राष्ट्रिय कोच पुबुदु दर्शनाले आफू भौतिक रुपमा कार्यक्रममा उपस्थित हुन नसकेकोमा क्षमा यचना माग्दै क्लबलाई आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने प्रतिबद्दता दिदै अनलाइनबाटै नेपाली टिमलाई बधाई तथा शुभकामना ब्यक्त गरे ।

    pic Via : Ram K Moktan