CanadaKhabar.com

Monday, May 20, 2024 -
  • नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अध्यक्षमा धुव्र राई

    २ अप्रिल, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।

    नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको अध्यक्षमा धुव्र राई निर्विरोध निर्वाचित भएका छन । पुर्व अध्यक्ष राई शनिवार सम्पन्न चौधौ अधिवेशनबाट आगामी २ बर्षका लागि तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन ।
    उक्त अधिवेशनबाट सचिवमा श्रीकान्त अर्याल, सहसचिव राजेश शर्मा, कार्यक्रम संयोजक नारायण भण्डारी, कोषाध्यक्ष घनेन्द्र न्यौपाने, मिडिया संयोजक दिपेन्द्र भण्डारी, सदस्यहरु बुद्धि अधिकारी, नारायण तिवारी, जगत खड्का र सुवर्ण विक्रम मल्ल निर्विरोध निर्वाचित भएका छन ।

    संस्थाको आगामी कार्यकालका लागि भएको उपाध्यक्ष पदको निर्वाचनमा समिर पाण्डे विजयी भएका छन ।
    अधिवेशन उद्घाटन समारोहमा बोल्दै पुर्व अध्यक्ष कल्पना पण्डितले नयाँ कार्य समितीमा महिलालाई नसमेटिएको रोष प्रकट गरिन । उनले प्रवासी नेपाली महिलाहरु हरेक क्षेत्रमा नेतृत्व गर्न सक्षम रहेको बताउँदै नजर अन्दाज नगर्न नेतृत्वलाई चुनौती समेत दिइन ।
    कार्यक्रममा एनआरएन क्यानाडाका उपाध्यक्ष माधव दुलाल, एनसिएससीका उपाध्यक्ष कमल भट्टराई, नविन आचार्य, युवराज पौडेल, शरदा जैसवाल, कुशुम ज्ञवाली लगायतले विधान संशोधनका विषयमा सुझाव दिएका थिए ।
    सचिव दिनेश अधिकारीले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष पुजा भुषालले आर्थिक प्रतिवबेदन, एनसिएससी रिसोर्स सेन्टरका विशाल ढुङ्गेल, राम मरहठ्ठा,
    राजेन्द्र गौतमले सामुहिक रुपमा रिसोर्स सेन्टर प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।