CanadaKhabar.com

Friday, May 10, 2024 -
  • चाहे गर्न नसकिने के नै छ र ?


    प्रकाश क्षेत्री   –  
    क्यानाडाखवर.कम- क्यालगरी व्युरो ।

    स्वदेश होस या विदेश, चाहे गर्न नसकिने के नै छ र ? समुदायका लागि केहि गर्ने दृढ इच्छा शक्ति, स्पष्ट कार्य योजना र कार्य सम्पन्न गर्न प्रतिवद्ध समुह भए पछि असम्भव भन्ने चिज नै हुँदो रहेनछ । क्यालगरीमा नेपालीहरुकै लागि कार्यरत संस्था क्यालगरी नेप्लिज कम्युनिटी एशोसिएशनको कार्य समितीले तमाम चुनौतीका बाबजुत पनि आफनै भवनबाट कार्य सञ्चालन गर्ने सपना बुन्यो ।

    यति मात्र होइन । नेपाली भाषा, कला र संस्कृति बारे बुझ्न चाहनेहरुका लागि सानो नै किन नहोस ”सिएनसिए सेन्टर“ का रुपमा विकास गर्न नेपाली पुस्तकालय खोल्ने चाहना पनि पलाएछ । केहि महिना अघि आफनै भवनबाट कार्य सम्पादन गर्न शुरु गरेको कार्य समिती, अहिले धमाधम भवन रिनोभेसन र मिनी पुस्तकालय सजावटमा जुटेको छ ।
    उनीहरुले अप्रिलको दोस्रो साता हुने अधिवेशनाट चुनिने नयाँ कार्य समितीलाई पुर्ण विकसित कार्यालय हस्तान्तरण गर्ने गरि सजावटका काम तीव्र पारिरहेका छन । यस्तै स्रोत केन्द्र दीर्घकालिन सञ्चालनका लागि “गाइड लाइन” बनाउने कार्यलाई पनि अगाडि बढाइरहेका छन ।

    अप्रिल १४ का लागि अधिवेशनको तयारी गरिरहँदा उनीहरु निकै उत्साहि देखिएका छन । संस्था विकासका नयाँ योजना सहित नयाँ कार्यसमिती आउनेमा आफु ढुक्क रहेको संस्थाका बर्तमान अध्यक्ष हरिवोल शर्माले बताउँछन । उनी भन्छन “हामी सेन्टर निर्माणका लागि मात्र केन्दित भयौ । सदस्य बृद्धिमा लाग्न पाएनौ, अव आउने समिती सदस्यता बृद्धिमा केन्द्रित हुने विश्वास लिएको छु ”
    शर्मालाई मात्र होइन उपाध्यक्ष दिनेश घिमिरेलाई पनि राम्रो काम गर्ने अर्काे समुह आउने कुरामा ढुक्क छ । आफनो कार्यकालमा नेपाली विद्यालय सञ्चालन, सिएनसिए सेन्टर निर्माण, कार्यालय सेटअफ, सिटीलाई हरेक बर्ष तिर्नु पर्ने ८ हजार क्यानेडियन डलर सधैका लागि मिनाहा लगायतका दर्जन उत्कृष्ट कामहरु भएको उनको दावी छ । उनी भन्छन “ यस पटक कम्युनिटीको वेवसाइट र आपतकालिन व्यवस्थापनका काम रिजल्ट देखिने गरि गर्न सकिएन । यो कार्यलाई नयाँ कार्य समितीले प्राथमिकता दिने छ”
    त्यसो त नयाँ कार्य समितीलाई स्वागत गर्न कम्युनिटीका सवै सदस्यहरु उत्साही देखिएका छन । सवैको एउटै कामना छ “योजना सहितको सवल र सक्षम कार्य समिती बनोस । भैरहेका कामले निरन्तरता पाओस र बाँकी तथा नयाँ योजना उत्साहका साथ अघि बढोस ।
    अधिवेशनका लागि बसेको संस्थाको बैठकले निर्वाचन आयुक्तमा डा. नगेन्द्र शर्मा र सहायक निर्वाचन आयुक्त उमेश ज्ञवालीलाई सर्व सम्मत नियुक्त गरेको छ । भने श्रीराम न्यौपानेलाई एनआरएन क्यानाडाको अलवर्टा च्याप्टरमा पठाउने निर्णय गरेको छ ।
    बैठकले सिएनसिए सेन्टर निर्माणमा खटिने फण्ड रेइजिङ्ग कमिटीका संयोजकद्धय प्रशन्नमान श्रेष्ठ र दिनेश घिमिरे विल्डिङ्ग टास्कफोर्स कमिटीका कार्यक्रम संयोजक दिव्य प्रधान, हरिबोल शर्मा, गिरीश रेग्मी, नारायण पोखरेल, डा. राजु तुलाधर, विनोद केशी, पद्यमा गुरुङ्क लगायतसम्पुर्णलाई धन्यवाद दिएका छन ।