क्यानाडाखबर संवाददाता – अटवा ।
गैर आवासिय नेपाली संघ क्यानडा तथा नेपाली क्यानेडियन संगठन अटवाको संयुक्त आयोजनामा नेपाली समुदायको बृहत सहभागितामा मधुमेह सचेतना कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा आफनो ब्यस्त समय तालिकाको बावजुत पनि उल्लेख्य संख्यामा नेपालीहरुले सहभागिता जनाएका थिए ।

स्थानिय डि. रोय केनेडी पब्लिक स्कुलमा आयोजना गरिएको सो कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदुत काली प्रसाद पोखरेल मुख्य अतिथीको रुपमा उपस्थित थिए । राजदुत पोखरेलले क्यानडामा बसोवास गर्नु भएका नेपाली समुदायमा मधुमेह रोग उल्लेख्य मात्रामा देखिने भएको हुदां यस्ता कार्यक्रमले नेपाली समुदायलाई निकै फाईदा पुग्ने विश्वास ब्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमका अतिथी तथा नेपाली क्यानेडियन संगठन अटवाका ब्यवस्थापक रमेश श्रेष्ठले कार्यक्रममा उपस्थित हुनु भएका सहभागीहरुलाई स्वागत तथा धन्यवाद ब्यक्त गर्नुका साथै कार्यक्रमबाट सिकेका कुरा ब्यवहारमा उतार्नु जरुरी भएको बताए ।

कार्यक्रमका सभापति गैर आवासिय नेपाली संघ क्यानडाका उप सभापति रमेश बानियाले यस्ता कार्यक्रमले नेपाली समुदायलाई निकै फाइदा पुग्ने भएकोले सो कार्यक्रमको आयोजना गरिएको तथा नेपाली समुदायलाई लक्षीत गरि भबिष्यमा पनि यस्तै प्रकृतिका अन्य कार्यक्रमहरु आयोजना गरिने बताए ।सामाजिक सचेतनामा ब्याबसायिक उतरदायित्व भन्दै इन्सुरेन्स सल्लाहाकार हेमराज पाण्डेले कार्यक्रमको प्रायोजन गरेका थिए सो कार्यक्रम अति नै जानकारी मुलक,फाईदाजनक र स्वास्थ्यप्रती आफूहरु सजग रहन थप उर्जा मिलेको सहभागीहरुले अनुभव साटे ।