CanadaKhabar.com

Friday, May 10, 2024 -
  • नेपाली नयाँ वर्षमा क्यानेडियन प्रधानमन्त्रीको शुभकामना

    क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।

    क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले नेपालीहरुको नेपाली नयाँ वर्ष वि सं २०७५ को शुभकामना सन्देश दिएका छन् । उनले नेपालीहरुको नयां वर्षको अबसरमा सम्पूर्ण नेपाली र क्यानाडामा रहेका इमिग्रेन्ड नेपालीहरुलाई शुभकामना ब्यक्त गरेका छन् ।

    बिशेष गरी क्यानाडामा रहेका नेपाली इमिग्रेनले क्यानाडामा पुर्याएको योगदानको कदर गर्दै उनले शुभकामना पत्र पठाएका छन् ।

    क्यानेडियन प्रधानमन्त्रीबाट हरेक वर्ष शुभकामना सन्देश नेपाली समुदायले प्राप्त गर्ने गरेको छ । यो वर्ष भिडियो सहितको सन्देशका लागि आग्रह गरिएको तर प्रधानमन्त्रीको कार्य ब्यस्तताका कारण त्यो सम्भब नभएको पहलकर्मी दिपक भट्टराईले जानकारी दिए ।

    Greetings-from-Canadian-PM-Justin-Trudeau-on-Nepalese-New-Year