CanadaKhabar.com

Friday, May 10, 2024 -
  • कन्जरभेटिभ पार्टीको उमेद्वार बन्दै दिपक आनन्द

    पिताम्वर भट्टराई, अफ्रिल २२ 
    टोरोन्टो ।  दिपक आनन्द प्रोग्रेसिभ कन्जरभेटिभ पार्टी अफ ओन्टारियो (PCOP) लागि मिसिसागा क्षेत्रबाट उमेद्वारीको बनेका छन् । मिसिसागा निवासी दिपक प्रतिद्धन्द्धी उमेद्वारलाई निर्वाचनबाट उचिन्दै पीसीओपी मिसिसागा–माल्टन क्षेत्रका लागि उमेद्वारी मनोनयन भएको हो ।
    आगामी जुन ७ हुने प्रोग्रेसिभ कन्जरभेटिभ पार्टी अफ ओन्टारियो (पीसीओपी) को चुनावी दौडाहाका क्रममा घर दौलो कार्यक्रममा व्यस्त देखिएका छन् ।
    १६ वर्षदेखि स्थानिय समुदायका विभिन्न कार्यक्रमामा सक्रिय सहभागी हुदै आएका दिपक दुई वर्षदेखि नेपाली समुदायको एक सक्रिय सदस्यको रुपमा पनि परिचित भएका छन् । मिसिसागा, ब्राम्पटन र टोरान्टो आसपास क्षेत्रमा आई पर्ने नेपालीका विभिन्न समस्यालाई सुझाउदै गर्दै आएका उनी भन्छन– नेपालहरुले मलाई आप्mनो परिवारको सदस्यको रुपमा लिएकोमा वर्ग छ । भर्खरै सम्पन्न निर्वाचनमा नेपालीकै अमुल्य मतले विजयी भएको स्वीकार्दै दिपकले आउने दिनहरुमा पनि नेपाली समुदायमा आई पर्ने जस्ता सुकै समस्यामा साथ दिने प्रतिवद्धता जाहेर गरेका छन् ।

    नेपाली भाषा समेत प्रष्टसंग बुभ्mने दिपक पोलिटिसिएनको कुनै पनि पदमा नहुदै विभिन्न सहयोग गर्दै आएका छन् । अघिल्लो निर्वाचनमा आपूmलाई विजयी गराउन नेपालीले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै पुन एक पटक आफुलाई अधिकार प्रयोग गरि सहयोग गर्न अपिल गरेका छन् । दिपकले निर्वाचनका क्याम्पेनिगका लागि नेपाली भाषामा समेत प्रचार प्रसार सामग्री बनाएका छन ।
    क्यानडामा रहेका प्राय अधिकांश आफ्नो परिवार, जव र भविष्यको विषयमा बढि चिन्तित भएकोले पार्टीको तर्फबाट धेरै सुनिश्चित बनाउने घोषणा गरेका छन् । घर दैलो कार्यक्रममा दिपकले भन्दै आ्एका छन– जुन ७ को दिनलाई मार्क गर्नुहोस्, र आफ्नो आवाजलाई भोटमार्फत बुलन्द पार्नुहोस्, तपाइको आवाज हामी सुन्ने छौ ।

    नेपाली समुदाय स्थापित भएको दुई दशक पुग्दा कुनै पनि स्थानिय पार्टीका नेताहरुले नखोजेको तर दिपक आनन्द नेपाली खोज्दै आएका हुनाले सक्दो सहयोग गर्न तयार रहेको मिसिसागा निवासी तेन्जीङ भुटिया बताउछन् । भुटिया अगाडि थप्दै भन्छन् नेपाली समुदायको आवज दिपकले बोकेको छ, जहा जस्तो समस्या पर्छ दिपकले नै सहयोग गर्दै आएको छ । त्यसैले दिपक नेपाली समुदायको उचित प्रतिनिधित्व गर्छ ।
    दिपक नेपाली मात्र नभएर सम्पूर्ण समुदायको प्रतिनिधित्व गर्ने क्षमतावान, इमान्दार, गतिशिल र प्रभावसाली नेता हुन् । दिपकलाई घर दैलो कार्यक्रम, चुनावी क्याम्पेनिङमा भोलेन्टरिङ, सोसियल मिडियामा ‘आई सपोर्ट हिम’जस्ता अनेकौ माध्यमबाट सहयोग गर्न सकिन्छ । मिसिसागा निवासी हेमराज पाण्डे नेपालीको पहिचानको लागि दिपकलाई सहयोग गरिएको बताउदै नेपालीको विकल्प भनेकै दिपक हो, भविष्यमा नेपाली समुदायले अनेक विधामा फाइदा लिन सक्छ । त्यसैले उनीबाट क्षणिक लाभ भन्दा पनि दिर्धकालिन हितका लागि सबैले सहयोग गर्नु छ ।