
२३ अप्रिल, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
क्यालगरीमा २५६२ औ बुद्धजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरि धुमधाम संग मनाइने भएको छ । अप्रिल २९ तारिख आइतवार साँझ ३ बजे क्यालगरीको नर्थइस्ट स्थित टेम्पल कम्युनिटी हलमा शान्तिदीप प्रज्वलन, बुद्ध ध्यान शिविर, बुद्धिष्ट भिक्षुद्धारा मन्त्र बाचन तथा प्रवचन लगायतका कार्यक्रम गरि मनाउन लागिएको हो ।

भगवान गौतम बुद्धले प्राप्त गरेको बुद्धत्व तथा उनको जन्मस्थल लुम्विनी (नेपाल) बारे क्यालगरीबासीलाई सहि सुचना दिने उद्धेश्य सहित कार्यक्रम गर्न लागिएको आयोजक नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले जनाएको छ ।