
अप्रिल ३०, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
बुद्ध को हो ? थाहा छैन । उनी कस्ता छन ? त्यो पनि थाहा छैन । उनलाई केवल आज बुद्धको जन्मदिन हो भन्ने थाहा छ । पहिलो पटक बुद्धको जन्म दिन मनाउन पुगेका ७ बर्षिय आभाष नेपालकै झल्को दिने गरि सिंगारिएको कार्यक्रम स्थल देखेर दंग भए ।

बुद्धको व्यग्र प्रतिक्षामा रहेका उनलाइर्, लागेको थियो । आफनै जन्म दिनमा झै बुद्धले केक काट्ने छन । चारैतिर बाट ह्याप्पि बर्थ डे को आवाज घन्किने छ । तर न त्यहाँ बुद्ध आए, न त उनले सोचे जस्तै बर्थ डे गीत नै घन्कियो । ओम माने पाने ओमको सांगितिक माहोलले उनमा थप उत्सुकता थपियो र सोधे बाबा, खोइ बुद्ध ?

आभाष मात्र होइन । क्यालगरीको नर्थ इस्ट स्थित टेम्पल कम्युनिटी हलमा खचाखच भरिएका दर्शक माझ गेरु रङ्गको पहिरनमा सजिएका एञ्जल, अमृता, विषिखा, आभा, विनय लगायत २ दर्जन बढी बालबालिकाहरु भगवान गौतम बुद्धको २५६२ औे जन्म दिन मनाउन आतुर देखिन्थे ।

शान्ति दीप प्रज्वलन सहित भिक्षु द्धारा बुद्ध मन्त्र बाचन गर्दै क्यालगरीमा शुरु गरिएको बुद्ध जयन्ती समारोहमा बालबालिकाहरु मात्र होइन । आफ्ना सन्तान भेटघाटका लागि आएका अभिभावकहरु पनि बुद्ध प्रवचन र ध्यानमा व्यस्त देखिए ।

नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले नेपाली भाषा, कला, संस्कृति र पर्यर्टन प्रवद्र्धनको उद्धेश्य सहित पहिलो पटक हिजो आयोजना गरेको बुद्ध जयन्ती समारोहमा पृथकता पाइएको भन्दै सहभागीहरुले खुशी व्यक्त गरे ।

उनीहरुले क्यालगरीमा आयोजित नेपाली कार्यक्रमहरु विस्तारै समय सान्दर्भिक र स्तरीय बन्दै गएको दावी समेत गरे ।
भगवान गौतम बुद्ध र उनी संग सम्वन्धित तथ्यहरुका बारेमा बढदै गइहेको अन्तराष्द्रिय महत्वलाई बुझाउन कार्यक्रमलाई सके सम्म ऐतिहासिक र मौलिक बनाउने प्रयास गरिएको संस्थाका उपाध्यक्ष समिर पाण्डेले बताए ।
उनले भने “क्यानाडामा नेपाल र बुद्ध बारे सहि जानकारी दिन क्यानेडियन मिडियाहरुलाई निमन्त्रणा गरिएको छ । उनीहरुले छोटै भए पनि हाम्रो न्युज कभरेज गर्नेछन । ”

संस्थाका अध्यक्ष धुव्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक नारायण भइडारीले गरेका थिए ।
कार्यक्रममा विनय पाण्डे, चन्द्रकला घिमिरे, दुर्गा देउजा, सुष्मा खनाल लगायतले बुद्ध सम्वन्धि गीत गाएर दर्शकहरुलाई मनोरञ्जन दिए ।
कार्यक्रमका केही तस्विरहरु





