
मे १५, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
क्यालगरीमा पहिलो पटक सामुहिक रुपमा आमाहरुलाई सम्मान गरिएको छ । आफना सन्तान भेटघाटका क्रममा क्यालगरी रहेका आमाहरुलाई स्थानीय नेपाली महिला समुहद्धारा पुष्प गुच्छा सहित सम्मान गरिएको थियो ।

अग्रेजी क्यालेण्डर अनुसार मदर्स डे को अवसर पारि नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले आयोजना गरेको अभिभावक भेटघाट कार्यक्रममा झण्डै २ दर्जन आमाहरुलाई सम्मान गरिएको हो ।
संसारभरका आमाहरुको खुशी र दीर्घायुको कामना गर्दै कार्यक्रममा मंगलधुन बजाइनुका साथै दीप प्रज्वलन समेत गरिएको थियो ।

संस्थाका उपाध्यक्ष समिर पाण्डे, राजेन्द्र प्रसाद प्रसाई, विष्णु सुव्वा, घनेन्द्र न्यौपाने लगायतले उपश्थित सम्पुर्णलाई मदर्स डे को शुभकामना दिएका थिए ।
कार्यक्रममा सुस्मा खनाल, जानु नेपाल, विषिका ढुङ्गेल, स्पन्दना केशी लगायतले आमा बारे लेखिएका आ आफना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली गाउँघरको सम्झना गर्दै सामुहिक रुपमा भजन समेत गाइएको थियो ।

संस्थाका अध्यक्ष धुव्र राईको सभापतित्व तथा बोर्ड अफ डाइरेक्टर कल्पना ढकालको संयोजनमा सम्पन्न गरीएको कार्यक्रमको व्यवस्थापन शरदा जैसावाल गरेकी थिइन ।

