CanadaKhabar.com

Friday, May 3, 2024 -
  • क्यानाडामा नेपालीको ब्यबसायिक पहिचान बनाउदै जन्मियो ‘एभरेष्ट रियल्टी लिमिटेड’

    गोकर्ण लामिछाने – टोरोन्टो क्यानाडा ।

    प्रवासमा आफ्नै ‘ब्यवसाय’ औसत नेपालीहरुको मात्र पहुंचको बिषय हो, त्यो पनि अन्य प्रतिष्ठित ठुला कम्पनीहरुसंग प्रतिस्पर्धा गर्दै ब्यवसाय अगाडि बढाउनु कहाँ चानचुने कुरा हो र ! यही चुनौती र कठिनाईसंग जुद्दै नेपाल र नेपालीको संसारभर छाती उचो राख्ने संसारकै अग्लो हिमाल, नेपालीको शिर माउण्ट एभरेष्टकै नामबाट क्यानाडामा ब्यापारिक फर्म जन्मिएको छ त्यो हो ‘एभरेष्ट रियल्टी लिमिटेड’।

    एभरेष्ट रियल्टी बोक्रेज लिमिटेडले पत्रकार सम्मेलन नै गरेर आफ्नो कम्पनीका बारेमा जानकारी गराएको छ । नेपालीहरु प्रयासमा खोलिएको क्यानाडाकै पहिलो रियलस्टेट ब्रोगेज कम्पनी हो एभरेष्ट रियल्टी लिमिटेड । यो कम्पनिले बिशेष गरी क्यानाडाको टोरोन्टो आसपासमा घरजग्गाको कारोबार गराउदै आएको छ ।

    नेपाली रियल स्टेट ब्रोकरहरुको सामुहिक प्रयासमा संचालित यो कम्पनीलाई ब्यापकतामा लैजाने तयारी सहितको खाका कार्यक्रममा प्रस्तुत गरिएको थियो । झन्डै १६ बर्ष रियल स्टेट क्षेत्रको अनुभब बोकेका नेपाली इन्टरपेनर मदन क्षेत्री ‘माइक’ को बिशेष पहलमा गत वर्ष देखी कम्पनी सुरुवात भएको हो सुरुवाती बर्ष मै एभरेष्ट रियल्टी ब्रोकेज लिमिटेडले ५० भन्दा बढी घर बेच्न सफल भएको कम्पनीका बिजनेस एण्ड एकाउण्ट मेनेजर मान पौडेलले दावी गरे । उनले भने ‘हामी अहिले सुरुवाती चरणमा छौं हाम्रो लक्ष्य ठुलो छ यसलाई ब्यापकतामा लैजादै आफ्नो सेवा र सुबिधालाई बिकास गर्छौ सबैको मन जित्ने ब्यापारी थलो हुनेछ एभरेष्ट ब्रोगेज’ ।

    क्यानाडाको ओन्टारियोभर रहेका नेपालीहरुलाई रियल स्टेट सम्बन्धी सेवा सुविधा चाहिएमा आफूहरु जुनासुकै हिसाबले पनि सहयोग गर्न तयार रहेको कम्पनीका अपरेसन तथा मार्केटिङ मेनेजर अनिल थापाले जानकारी दिए । ‘नेपाली भाषामा घर जग्गा सम्बन्धी सुचना आदान-प्रदान गरीने , घर किन्न भन्दा अगाडि हुनुपर्ने पुर्वाधारहरु बारे ग्राहकलाई सचेत गराउने, फाइनान्सियल,मोर्जेग, क्रेडिड स्कोर सम्बन्धी बिना शुल्क परामर्ष दिईने जस्ता बिशेषताहरु हाम्रो कम्पनीको छ’ उनले थपे ।

    कम्पनीमा १० जना एशोसियट सदस्यहरु आबद्द छन् । कार्यक्रममा संचारकर्मीहरुको जिज्ञासामा रियलस्टेट एजेन्टहरु राज महत र बाबु कडेलले रियल स्टेट सम्बन्धी आफ्ना अनुभब साटेका थिए ।

    पत्रकार भेटघाटमा सहभागी हुन नसकेका कम्पनी प्रमुख मदन केसीले भिडियो कल मार्फत क्यनाडामा उपलब्ध नेपाली पत्रकारहरुलाई आफ्नो कम्पनीको निती तथा कार्यक्रममा सफल बनाउन आ-आफ्नो ठाउँबाट सहयोग गरिदिन आग्रह गरे ।