CanadaKhabar.com

Monday, May 20, 2024 -
  • ‘न्याग्रा फल्समा’ हुँदैछ ऐतिहासिक काव्य गोष्ठी

    क्यानाडाखबर संवाददाता – टोरोन्टो ।

    नेपाली साहित्य समाज, क्यानडाले यहाँ अवस्थित विश्व प्रसिद्ध न्याग्रा फल्समा उत्तर अमेरिका सीमा वारीपारी काव्य संगम ऐतिहासिक काव्य गोष्ठीको आयोजना गर्दैछ । आउदो जुन ३०, २०१८, शनिबारमा दिन न्याग्रा फल्सको अगाडि आयोजना गरिने यस गोष्ठीमा अहिलेसम्म अमेरिकाबाट २७ जना र क्यानडाबाट २१ जना कविहरुले आ-आफ्ना कविता वाचन गर्न नाम लेखाई सकेका छन् भने यो संख्या अझ बढ्ने आयोजकको दावी छ ।

    क्यानडाका लागि नेपालका महामहिम राजदूत कालीप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा जुन ३० का दिन आयोजना गरेर यस गोष्ठीलाई काव्यमय दिन बनाउन दिउसो न्याग्रा फल्स अगाडि कविता वाचनको कार्यक्रम रहेको छ भने त्यसपछि अवलोकन र काव्यात्मक रात्रीभोजको आयोजना गरिने बारे आयोजकबाट जानकारी प्राप्त भएको छ । विश्व प्रसिद्ध न्याग्रा फल्समा आयोजना गरिने उत्तर अमेरिका सीमा वारीपारी काव्य संगम ऐतिहासिक काव्य गोष्ठीको प्रत्यक्ष प्रशारण गरिने जानकारी पनि आयोजक समितिले गराएको छ ।

    कार्यक्रमको अन्त्यमा काव्य वाचन गर्नु भएका कविहरुलाई न्याग्रा फल्ससहीतको काश्य प्रतिक चिन्ह प्रदान गरिने कार्यक्रम रहेको समेत रहेको छ । यस ऐतिहासिक काव्य गोष्ठीलाई सफल बनाउन अहिलेसम्म क्यानडा र नेपालका व्यवसायीहरुमा एभरेष्ट रियाल्टी लिमिटेड ब्रोकेज, एप्रोभल जेनी, सुवेदी ल एसोसिएट्स सँगै डा. कुञ्जर शर्मा, राजन श्रेष्ठ, कृष्ण तिम्सिना, प्रदिप पौडेल, रामेश्वर पन्त, किरण ढुङ्गाना आदिले प्रायोजन गर्ने आयोजक संस्था नेपाली साहित्य समाज क्यनाडाका अध्यक्ष डाक्टर गोविन्दसिह रावतले बताए । उनले भने ‘आप्रवासमा भाषा साहित्यलाई सहयोग गर्न साहित्यिक मनहरुको नाम प्रतिक चिन्हमा राखिने छ ।’

    यस काव्य गोष्ठीमा सहभागी बन्न चाहने कविहरुका लागि दस डलर दर्ता शुल्क राखिएको छ । यसअघि नेपाली साहित्य समाज, क्यानडाले २०१६ मा टोरोन्टोमा उत्तर अमेरिका काव्य संगमको आयोजना गरेको थियो ।