CanadaKhabar.com

Friday, May 10, 2024 -
  • सानफ्रान्सिस्को विज्ञ भेलाको तयारी पुरा

    यो भेला विश्व विज्ञ भेलाको पुर्व तयारी: एनआरएनए आइसिसी

    डलास (टेक्सस) ।
    आसन्न उत्तर अमेरिका क्षेत्रीय विज्ञ भेलालाई नेपालमा गर्न लागिएको विश्व विज्ञ भेलाको पुर्व तयारीको रुपमा लिइएको एनआरएनए आइसिसीले जनाएको छ । आउदो अक्टोवर १२ र १३ मा एनआरएनए आइसिसीले नेपालमा विश्व विज्ञ भेला गर्न लागेको छ ।
    विश्व विज्ञ भेला अघि विभिन्न क्षेत्रमा गरिने विज्ञ भेला अन्र्तगत पहिलो उत्तर अमेरिका क्षेत्रवाट गर्न लागिएको गैर आवासीय नेपाली संघ , अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसिसी)ले जनाएको छ । राष्ट्रिय समन्वय परिषद् अमेरिकाको स्थानीय व्यवस्थापनमा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा आउदो जुन १६ र १७ मा विज्ञ भेला हुदैंछ । सो भेलाको समेत तयारी पुरा भएको जनाइएको छ । भेलामा पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्री डा. प्रकाश चन्द्र लोहनी, रेवती प्रसात भुषाल लगायतले सम्वोधन गर्ने आइसिसीका प्रवक्ता भुषण घिमिरेले प्रेस विज्ञप्ती मार्फत जनाउनुभएको छ ।

    आइसिसीका उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी राज जोशीको संयोजकत्वमा हुने विज्ञ भेलामा एनआरएनएका अध्यक्ष भवन भट्ट, पुर्व अध्यक्ष एवं संरक्षक जिवा लामिछाने, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, महासचिव डा.बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा लगायतको उपस्थिति रहने विज्ञप्तीमा जनाइएको छ ।
    एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलको विशेष भुमिका रहेको सम्मेलनमा डा. रुद्र अर्यालले विभिन्न क्षेत्रका विज्ञहरुसग संयोजन गर्नुभएको बताइएको छ । अमेरिकामा क्षेत्रमा वस्नुहुने नेपालीहरुलाई सहभागी गराएर पहिलो पटक गर्न लागिएको भेलामा उत्तर अमेरिका क्षेत्रमा कार्यरत नेपाली वैज्ञानिक,प्राविधिक, अनुसंधानकर्ता, प्राध्यापक,समाजसेवी, विद्यार्थी व्यवसायीहरुको सहभागिता रहने त्यसले नेपालको विकासका संभावना र चुनौतीका विषयमा छलफल हुने बताइएको छ ।
    नेपालको विकास र सम्वृद्दिमा एनआरएनएलाई कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले गर्न लागिएको कार्यक्रममा विषयगत रुपमा छलफल हुने र त्यसलाई समेटेर सानफ्रान्सिस्को घोषणा पत्र जारी गरी नेपालमा हुने विज्ञ सम्मेलनमा समेत थप छलफल गरेर नितिगत तहमा लैजान पहल गरिने विज्ञप्तीमा जनाइएको छ ।
    यस्तैं, विज्ञ भेलाको आन्तरिक रुपमा सबैं तयारी सकिएको र अतिथिहरुलाई स्वागत गर्न आफुहरु तयार रहेको विज्ञ भेला संयोजक डिल्लि भट्टराईले बताउनुभयो ।