CanadaKhabar.com

Thursday, May 9, 2024 -
  • क्यालगरीमा ३ दर्जन बुवाहरु सम्मानित

    १८ जुन क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
    सन्तान भेटघाटका लागि क्यालगरी आएका बुवाहरुलाई हिजो एक कार्यक्रमका वीच सामुहिक रुपमा सम्मान गरिएको छ ।
    प्रगतिमा बुवाहरुको उच्च योगदानको कदर गर्दै नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले अन्तराष्द्रिय फादर्स डे को अवसर पारि झण्डै ३ दर्जन बुवाहरुलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।

    फादर्स डे स्पेशल समारोहमा सम्मानित हुन पाउँदा खुशी व्यक्त गर्दै प्राध्यापक डा. चक्रपाणी खनालले जन्मकर्म, शिक्षा दीक्षा दिने वुवाआमा र देशलाई कहिल्यै विर्सन नहुने बताए ।

    कार्यक्रममा बोल्दै एनआरएन क्यानाडाका पुर्व सल्लाहकार विष्णु सुव्वाले उपश्थित अभिभावकहरुलाई सन्तानहरुले क्यानाडालाई कर्मथलो बनाएकोमा दुखी नहुन आग्रह गरे । उनले क्यानाडालाई सम्भावनाले भरिएको देश भन्दै शुरुका बर्ष विचलित नभई मिहिनेत गर्न सके सबै नेपालीको भविष्य उज्वल रहेकोे दावी समेत गरे ।

    त्यस्तै अभिभावक राम बहादुर खत्रीले जन्मथलो नेपाल र कर्मथलो क्यानाडा बीच सुचना तथा सीप आदान प्रदानका लागि संस्थालाई पुलको काम गर्न सुझाव दिए ।

    संस्थाका उपाध्यक्ष समिर पाण्डेको सभापत्वि तथा विकास ढकालको संयोजनमा सम्पन्न कार्यक्रमको सञ्चालन श्री ढकालले गरेका थिए ।
    कार्यक्रममा आयोजक संस्थाका वोर्ड अफ डाइरेक्टर द्धय कल्पना ढकाल र नविन सुव्वा, कार्यक्रम संयोजक नारायण भण्डारी, कोषाध्यक्ष घनेन्द्र न्यौपाने, एनआरएन क्यानाडाका उपाध्यक्ष माधव दुलाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
    त्यस्तै दिपक कुमार ढकाल, सुष्मा खनाल, लक्ष्मी शर्मा लगायतले फादर्स डे सम्वन्धि आफना रचना बाचन गरेका थिए ।