CanadaKhabar.com

Wednesday, February 25, 2026 -

‘कसलाई सुनाउ’ भन्दै फेरी आए रोशन र आस्था ( भिडियो सहित )

क्यानाडाखबर संवाददाता – टोरोन्टो,क्यानाडा ।

गायक दिपक लिम्बु स्वरमा रहेको गीत ‘कसलाई सुनाउ’ को म्युजिक भिडियो क्यानाडाबाट सार्वजनिक गरिएको छ । क्यानाडाको चर्चित पर्यटकिय स्थल नियग्राफल्समा विशेष सुटिङ गरिएको भिडियोमा क्यानाडा बस्दै आएका रोशन केसी र आस्था अधिकारीको अभिनय रहेको छ ।

अभिनयमा दख्खल केसीले टेलिस्रियल, छोटा चलचित्र लगायत एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।अधिकारीको लागि यो तेस्रो म्युजिक भिडियो हो उनले कम्युनिटी कार्यक्रमहरुमा पुराना नेपाली गीतहरुमा आफ्नो नाच प्रस्तुत गर्दै आएकी छिन् ।

गत हप्ता युटुबबाट सार्वजनिक गरिएको भिडियोको निर्देशन,सम्पादन, छंयाङ्कन युवराज अधिकारीले गरेका हुन् । गीतमा ज्योति पौडेलको शब्द र राजु सिंहको संगीत रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुस्