गैर आबासिय नेपालि संघका अध्यक्ष भवन भट्ट संगको अन्तरक्रिया कार्यक्रम संपन्न
एन आर एन ए क्यानडाको आयोजनामा गैर आबासिय नेपालि संघका अध्यक्ष भवन भट्टसंग एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्यानडाको टोरोन्टोमा रहेको एभेरेस्ट बंकेटहलमा आयोजना गरिएको उक्त कार्यक्रम एन आर एन ए क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेको सभापतित्वमा संपन्न भएको थियो । कार्यक्रममा एन आर एन एका लागि कानुनि सल्लहाकार डा. नारायण घिमिरे, नोर्थ अमेरिकाका डेपुटि रिजनल कोर्डिनेटर नविन शेरचन , नेपालका लागि क्यानडाका अवैतनिक बाणिज्य दुत कुञ्जनमणि शर्मा लगायतका क्यानाडामा कार्यरत नेपाली संघ सस्था प्रवाशी नेपाली मंच क्यानाडा , नेवा: गुठि नेपाली जनसंपर्क समिति क्यानाडा नेपाल जनजाती महांसघ लगायतका प्रतिनिधिहरुले आ आफ्नो भनाइ राख्नु भएको थियो ।

कार्यक्रममा रोटरी नेपालका तर्फबाट अन्तरास्ट्रिय सम्मेलनमा सहभागी जनाउन आउनुभएका रोटरीहरुले पनि सहभागी जनाउनु भएको थियो रोटरीहरुको तर्फबाट संजय गिरिले पनि मन्तब्य राख्नु भएको थियो । त्यसैक्रममा आइ सी सी मेम्बर तथा लोक दोहोरि गायिका देबकी के सीले आफ्नो सांगीतिक प्रस्तुति समेत सभागीमझ प्रस्तुत गर्नु भएको थियो ।

बिशेस गरि नेपालको समृधिमा एन आर एन एको भूमिका र नेपालको संविधानमा द्वैध नागरिकताको व्यवस्था शिर्षकका दुइवटा महत्वपूर्ण विषयमा केन्द्रित रहेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट आफ्नो मन्तब्य राख्ने क्रममा एन आर एन ए ग्लोवलका अधक्ष्य भवन भट्टले नेपालको विकासमा एन आर एन ए अहिले बलियो सहयोगीको रुपमा स्थापित भएको नेपाल सरकारकोतर्फाबाट एन आर एन एसंग सहकार्य गर्न प्रधानमन्त्री के पी शर्मा वली आफैले अग्रसरमा देखाउनु भएको यसैको निरन्तरता सोरुप र हालैका विदेश भ्रमण हरुमा पनि प्रधानमन्त्रीले एन आर एन एको टिमलाई पनि भ्रमण टोलीमा सभागी गराउनु भएको कुरा ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा सभागी हरुको तर्फाबाट सोधिएका प्रश्नको जवाफ दिदै प्रमुख अतिथि भट्टले नेपालमा अब लगानीमात्र होइन प्रबिधि पनि भित्र्याउन सबै एन आर एन एले आ-आफ्नो ठाउबाट सहजकर्ताको भूमिका निभाउनु पर्नेमा जोड दिनु भएको थियो । टोरोन्टोमा बसोवास गर्ने नेपाली हरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा आइ सी सी मेम्वर तथा अन्तरक्रिया कार्यक्रम संयोजक अभिमन्यु बस्नेत ले स्वागत गर्नु भएको थियो भने अर्का आइ सी सी मेम्वर प्रमिला बस्नेतले कार्यक्रममा सहभागीहरुलाई अन्त्यमा धन्यवाद ज्ञापन गर्दै आयोजक टिम एन आर एन ए क्यानडाका उपस्थित सबैलाईलाई सहभागी माझ चिनारी गराउनु भएको थियो भने कार्यक्रम एन आर एन ए क्यानडाका महासचिव चिरन्जीवी घिमिरेले संचालन गर्नु भएको थियो

एनआरएन प्रवक्ता रविन्द्र घिमिरेको सहयोगमा