
जुलाई १, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
पश्चिम क्यानाडा स्तरीय नेपाली खेलकुद प्रतियोगिता (नेपाली कुम्भ मेला) हिजो देखि क्यालगरीमा भएको छ । पश्चिम क्यानाडा (भ्यान्कुभर, क्यालगरी, एडमण्टन, विनिपेग, सास्काटुन, रेजिना, लेथव्रिज, मोनिटोवा) लगायतका शहरहरुमा बसोबास गर्ने नेपालीहरु वीच हरेक बर्षको समरमा हुने खेलकुद प्रतियोगिता यस पटक क्यालगरीले आयोजना गरेको हो ।

खेलकुद प्रतियोगिताको पुर्वसन्ध्यामा आयोजित सांस्कृतिक कार्यक्रम तथा उदघाटन समारोहलाई सम्वोधन गर्दै अलबर्टाका कम्युनिटी एण्ड सोसल सर्भिस मिनिष्टर इरफान सवीरले क्यानाडाबासी नेपालीहरुलाई सदभाव र मेलमिलापका लागि शुभकामना दिएका थिए । क्यालगरीको साथवेस्ट स्थित माउण्ट रोयल युर्निभर्सिटीमा फुटवल, भलिवल, डन्डिवियो, व्याडमिन्टन र टेवल टेनिस लगायतका विधामा प्रतियोगिता भैरहेको छ ।
प्रतियोगिताको पहिलो दिनमा देखिएका केहि दृश्यहरु









