CanadaKhabar.com

Thursday, May 9, 2024 -
  • नेपाली डायस्पोराहरु टोरोन्टोमा भेला हुँदै

    क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा ।
    ‘नेपालमा उच्च शिक्षाको विकाशको लागि नेपाली डायस्पोराको भूमिका‘ भन्ने नारा सहित क्यानाडाको टोरोन्टोमा यूरोप अमेरिका लगायत संसारका विविन्न देशमा ज्ञानोपार्जन गरेर बसेका प्रबुद्ध नेपालीहरूको महाभेला हुने भएको छ। यही जुलाई 7 र ८ तारिखमा युनिभर्सिटी अफ टोरोन्टोमा कार्यक्रम गर्न लागिएको हो । द एसोसिएसन अफ नेपालीज इन द अमेरिकाज, क्यानाडा फाउन्डेसन फर नेपाल, ग्लोबल पोलिसी फोरम युके साथै नेपाली राजदुताबास अटवा,क्यानाडा र एन आर एन ए, एन. सी. सी. क्यानाडाको संयुक्त आयोजनामा कार्यक्रम हुनेछ ।

    नेपालको उच्च शिक्षा बिकासमा प्रवासमा रहेका डायस्पोराको भूमिका र योगदान कस्तो हुन सक्छ भन्ने बिषयमा बहस हुने आयोजक संस्था संयोजक प्रोफेसर डाक्टर तुल्सी धरेलले बताए । उनले भने ‘देशको विकाशका लागि धन र ज्ञान दुवै जरूरी हुने भएपनि हालसम्म धनले मात्र बढावा पाइरहेको वर्तमान परिवेशमा विश्वका नामी विश्वविद्यालय देखि विदेशका सरकारी तथा निजी प्रतिष्टानहरूमा कार्यरत ज्ञानवान नेपालीहरू यो पटक टोरन्टो विश्वविद्यालयमा भेला हुँदैछौं’ ।

    यो भेलाले नेपालको उच्च शिक्षामा स्तर उन्नती गर्नमा मद्घत पुप्याउने उनले दाबी गरे । आफ्नो कार्यपत्र सहित कार्यक्रममा क्यानाडाका लागि नेपाली राजदूत महामहिम काली प्रसाद पोखरेल, क्यानाडाका फेडरल सांसद डा. गेंग ट्यान, यु.के.को लीड्स यूनिभर्सिटीका प्रोफेसर सुर्य सुवेदी, न्यू ब्रन्सविक यूनिभर्सिटी क्यानाडाका प्रोफेसर बासु शर्मा, क्यालिफोर्निया स्टेट यूनिभर्सिटीका प्रोफेसर जीत जोशी, अरिजोना स्टेट युनिभर्सिटीका डा. अम्बिका प्रसाद अधिकारी,रेजाइना यूनिभर्सिटी क्यानाडाका प्रोफेसर द्रोण रसाइली, फ्लोरिडा यूनिभर्सिटी अमेरिकाका प्रोफेसर शिव गौतम र अमेरिकाको कनेक्टिकट यूनिभर्सिटीका प्रोफेसर बिद्या रंजित लगायतले सहभागीता जनाउने भएका छन् ।
    यस सम्मेलनको आयोजक समितिमा डा. अम्बिका प्रसाद अधिकारी(अध्यक्ष), डा. तुलसी धरेल, डा. गोविन्द दाहाल, एनआरएन क्यानाडा पुर्व अध्यक्ष नवराज गुरुङ, एनआरएन अध्यक्ष गोपीकृष्ण काफ्ले छन् ।