CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • समर पिकनिक ऐतिहासिक जात्राको रुपमा विकास हुदै

    अगस्ट १, क्यानाडाखवर.कम , क्यालगरी व्युरो ।
    हरेक बर्ष क्यालगरीमा आयोजना गरिने “एनसिएससी समर पिकनिक” ऐतिहासिक तथा साँस्कृतिक जात्राको रुपमा विकास हुन थालेको सरोकारवालाहरुले बताएका छन । अलबर्टा राज्यको चेन लेकमा आइतवार आयोजित उक्त पिकनिकमा उपश्थित सहभागीहरुले नेपाली तीर्थ स्थलमा गरिने जात्रा झै गाउँ बेशीको झल्को मेटाउन सफल भएको दावी गरेका छन ।

    क्यानेडियन क्यालेन्डर अनुसार हरेक बर्षको समर (जुन– अगस्ट) मा आयोजना गरिने पिकनिकमा बच्चा देखि बृद्ध सम्मको बाक्लो उपश्थिती रहने गरेको छ । पुर्व मेची देखि पश्चिम महाकाली तथा उत्तर हिमाल देखि दक्षिण तराई (मधेस) सम्मका झण्डै ५ सय नेपालीहरुको उपश्थिती, रहने संगम स्थलमा नेपाली खानाका परिकार, उमेर सुहाँउदा खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम नाचगान, साइट सिन, आपसी चिनजान लगायतका अवसर प्राप्त हुने सहभागीहरुले बताएका छन ।

    विगत ५ बर्ष देखि कुनै पनि समर पिकनिक नछुटाएका नर्थइस्ट हवाइटन निवासी युक्तखान ठकुरीले हरेक बर्ष नयाँ तथा पुराना साथी वीच भेटघाट तथा चिना परिचय र सहयोग आदान प्रदान गरिने थलोको रुपमा समर पिकनिकलाई पाएको बताएका छन । उनी भन्छन “नदेखेका र नभेटेका नेपालीहरु संगको भेटघाट, छलफल र सहयोग आदानप्रदान गर्ने फोरमका रुपमा पिकनिकलाई लिन थालिएको छ ।

    पिकनिक किशोर किशोरी तथा बालमैत्री बन्दै जान थाले पछि सयौको संख्यामा बालबालिका तथा किशोरकिशोरीहरुको उपश्थिती बढदै गएको साउथइस्ट निवासी १७ बर्षिय निखिल शाहले बताए । उनले आफु पहिलो पटक सहभागी भएको भए पनि रमाइलो भएको बताए । नेपाली बोल्न कठिन मान्दै उनले भने “ फस्ट टाइन एटेन्ड गरेको छु । एकदम इन्जोय गर्दैछु । भोलेन्टियरको रोल पनि लिएको छु । म जस्तै अल साथीहरु इन्जोय गरिरहेका छन । ”
    त्यसो त एनसिएससी समर पिकनिकलाई नजिक देखि नियाल्दै आईरहेका आयोजक नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका पुर्व अध्यक्ष जगदीश चापागाईले नेपालीहरुको विशाल सहभागीताले आफु हर्षित भएको बताए । उनले भने ”नेपालीहरुको यस्तो ठुलो जमघट होला भन्ने विश्वास लागेको थिएन । ” विगत स्मरण गर्दै उनले थपे ” पहिले उपश्थिती कम हुन्थ्यो । एडमण्टन र क्यालगरीको संयुक्त रुपमा पिकनिक गथ्यौ । नयाँ मान्छेलाई फ्रि गथ्र्यौ । अहिलेको उपश्थिती देखेर इम्प्रेशिभ भएको छु ।

    ऐतिहासिक जात्राको रुपमा विकास हुदै गएको समर पिकनिकमा उपश्थित संख्या बढ्दै जादा यदा कदा आ आफनै समुह केन्द्रित बन्दै गएको गुनासो भने नआएका होइनन । बाक्लो उपश्थिती रहने कार्यक्रमको चुस्त व्यवस्थापनका अर्काे चुनौतीको विषय बन्दै गएको छ । पिकनिकलाई संयमित र व्यवस्थित बनाउन पुर्व तयारी गर्ने गरेको कार्यक्रम संयोजक नारायण भण्डारीले बताए ।
    समर पिकनिक भव्य रुपमा सफल भएको बताउदै संस्थाका मिडिया कोर्डिनेटर दिपेन्द्र भण्डारीले छिट्टै पिकनिकको समिक्षा गरिने र आगामी दिनमा अझ व्यवस्थित बनाउने प्रयास गरिने दावी गरे ।