CanadaKhabar.com

Monday, May 13, 2024 -
  • टोरोन्टोमा सामुहिक शिव पूजा-आराधना गरिदै

    क्यानाडाखबर संवाददाता – टोरोन्टो क्यानाडा ।

    क्यानेडियन नेप्लिज हेरिटेज सेन्टरको आयोजनामा सामुहिक शिव पूजा-आराधना, प्रवचन एवं भजन कार्यक्रमको आयोजना गरिने भएको छ । आउदो अगस्ट १२ तारिख बिहानको ठीक १० बजेदेखी क्यानाडाको टोरोन्टोस्थित पाटियो ब्यन्क्युट हलमा पूजाआजा  हुनेछ ।

    हेरिटेजको प्राय पुजाआजाका कार्यक्रम ब्राम्टोन, मिसिसागामा बढी केन्द्रित भएतापनी यो पटक भने टोरोन्टोमा सबै समुदाय एक साथ भेला भएर पूजाआजा गर्ने तयारी अन्तिममा पुगिएको कार्यक्रम संयोजक नरेन्द्र पुडासैनीले बताए । उनले भने ‘ हामी आम्रो आस्था र विश्वासलाई प्रवासमा पनि जगेर्ना गर्दै आफ्नो धर्म र संस्क्रिती प्रती प्रतीबद्द् छौ ।’ उनका अनुसार अब यस्तो घुम्ती सामुहिक पूजा कार्यक्रम क्यानडाको अन्य शहरहरुमा पनि गरिनेछ । पूजाको माध्यमले नेपाली मन्दिर निर्माणमा टेवा पुग्ने उनले दावी गरे ।

    हेरिटेज सेन्टरले बिगत केही बर्षदेखी आफ्नै मन्दिर निर्माण गर्न विभिन्न पहलहरु गर्दै आईरहेको छ ।


    कार्यक्रमस सम्बन्धी पूर्ण विबरण

    स्थान – Patio Banquet Hall, 15 Gervais Drive, Don Mills, Toronto

    मिति/तारिख – August 12, 2018

    कार्यक्रम विवरण र समय –

    बिहान १०:३० देखि अपरान्ह १:०० बजे सम्म

    १०:३० – १०:४५ – भेला र स्वागतम्

    १०:४५ – ११:४५ – पुजा (रुद्री, जलधारा)

    ११:४५ – १२:०० – प्रवचन

    १२:०० – १२:४५ – भजन/किर्तन – हरि प्र. लम्साल, नवराज खड्का, भवि न्यौपाने एवं मण्डली

    १२:४५ – १२:५० – आह्वान मन्तव्य

    १२:५० – १:१५ – आरति, टिका

    १:१५ – प्रसाद-भोजन ग्रहण

    यस पुजा कार्यक्रममा स्वयंसेवक वा सहयोग गर्न इच्छुक अथवा केहि प्रश्न-जिज्ञासा भएमा निम्नलिखित व्यक्तिहरु वा NCHC का Spokesperson संग सम्पर्क गर्नु होला ।

    नरेन्द्र पुडासैनी (संयोजक) – 416-938-2106
    बिहान १०:३० देखि अपरान्ह १:०० बजे सम्म

    १०:३० – १०:४५ – भेला र स्वागतम्

    १०:४५ – ११:४५ – पुजा (रुद्री, जलधारा)

    ११:४५ – १२:०० – प्रवचन

    १२:०० – १२:४५ – भजन/किर्तन – हरि प्र. लम्साल, नवराज खड्का, भवि न्यौपाने एवं मण्डली

    १२:४५ – १२:५० – आह्वान मन्तव्य

    १२:५० – १:१५ – आरति, टिका

    १:१५ – प्रसाद-भोजन ग्रहण

    यस पुजा कार्यक्रममा स्वयंसेवक वा सहयोग गर्न इच्छुक अथवा केहि प्रश्न-जिज्ञासा भएमा निम्नलिखित व्यक्तिहरु वा NCHC का Spokesperson संग सम्पर्क गर्नु होला ।

    नरेन्द्र पुडासैनी (संयोजक) – 416-938-210