CanadaKhabar.com

Monday, May 13, 2024 -
  • टोरोन्टोमा पहिलो पटक सामुहिक पूजा सम्पन्न

    नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर (NCHC) को आयोजनामा गत अगस्ट १२, आइतबार
    टोरोन्टोस्थित पाटियो ब्यन्क्युट हलमा गरिएको पहिलो सामुहिक पूजा भक्तहरुको उल्लासमय सहभागिताका साथ भव्य रुपमा सम्पन्न भयो ।

    कार्यक्रममा सामुहिक रुपमा शिवपुजा-आराधना, प्रबचन, भजन क्रितनका  साथ सम्पन्न भएको छ ।
    मन्दिरका संरक्षक तथा क्यानडाका लागि अबैतनिक वाणिज्यदुत डा.  कुनजर मनि शर्माले कार्यक्रमका प्रायोजक गणेश खत्री लाइ सम्मान गर्नु भयेको थियो ।

    उक्त कार्यक्रममा पशुपतिनाथ मन्दिरको सहयोगार्थ पाँच जनाले आजीवन सदस्यता, पाँच जनाले साधारण सदस्यता, प्रतिमहिना १५५ डलरको मुठ्ठीदान, ५० डलरको गिफ्टकार्ड र ७१३ डलर नगद दान प्राप्त भएको नेप्लिज क्यानेडियन हेरिटेज सेन्टर (NCHC) ले जनाएको छ ।

    कार्यक्रममा सभापति हरि गुरुङ र अध्यक्ष राम प्रसाद पौडेलले मन्दिरको गतिबिधि र भाबि योजनाका बारेमा प्रकाश पार्नु भएको थियो ।

    हेरिटेज सेन्टर तथा पशुपतिनाथ मन्दिर स्थापना काल देखि नै यस किसिमका पूजा-आराधना कार्यक्रमहरु गर्दै आएको छ । कार्यक्रमको संयोजक नरेन्द्र पुडासैनीका मन्दिर निर्वाणमा सामुहिक पुजाले महत्वपूर्ण सहयोग गर्ने र आगामी दिनहरुमा मन्दिर र नेपाली कम्युनिटि बिचको नेटवर्क बिस्तार र मजबूद  हुने कुरामा आफु बिस्वस्त भएको कार्यक्रम संयोजक नरेन्द्र पुडासैनीका बताए ।सामुहिक पुजाको सफलता र मन्दिरलाई स्थापना काल देखि हालको स्थितिसम्म ल्याउने सम्पुण श्रेय नेपाली कम्युनिटिलाई जाने उनले बताए ।

    source : NCRC Email