
३० अगस्ट, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
नेपाली रेडियो क्यालगरीले हिजो देखि औपचारिक रुपमा आफनो नियमित प्रशारण शुरु गरेको छ । क्यालगरिमा प्रशारित सामुदायिक रेडियो स्टेशन १०६ थोप्लो ७ मेगा हर्ज (रेड एफएम) मा हरेक साता मंगलबार राति १० बजे देखि १२ बजे सम्म नेपाली भाषाको कार्यक्रम प्रशारण गर्ने गरि नेपाली रेडियो क्यालगरीको शुभारम्भ गरिएको हो ।

नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीले सामुदायिक रेडियो (रेड एफएम) संगको सहकार्यमा “नेपाली रेडियो क्यालगरी” सञ्चालन गर्न लागेको हो ।
नेपाली रेडियो क्यालगरीको पहिलो प्रस्तुति शुभकामना आदानप्रदान कार्यक्रमको संस्थाका अध्यक्ष धुव्र राई र उपाध्यक्ष समिर पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै रेड एफ एम का स्टेशन म्यानेजर माइकल पेडर्सनले नेपाली भाषाको कार्यक्रम प्रशारण गर्न पाउँदा निकै हर्षित भएको बताए ।

क्यालगरीमा कार्यरत नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुले आ आफनो संस्थाको तर्फबाट शुभकामना सन्देश दिएका थिए । उनीहरुले नेपाली रेडियो क्यालगरी सम्पुर्ण नेपालीरुको साझा चौतारी बन्न सक्ने विश्वास व्यक्त गर्दै सफलताको लागि शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली कम्युनिटी एशोशिएशन अफ क्यालगरीका विकास ढङ्गेल , एनआरएन क्यानाडाका उपाध्यक्ष तथा अलबर्टा कमिटीका प्रतिनिधी माधव दुलाल, किराँत याक्थुङ्ग चुम्लुङ्ग क्यानाडाका विश्वराज लिम्वु, याक्थुङ्ग चुम्लुङ्ग एशोशियसन अफ क्यालगरीका नविन सुव्वा, व्यवसायी छवि अर्याल, पत्रकार सोमेश बर्मा, प्रकाश क्षेत्री, डाँफे स्पोर्टस क्लवका यलम्वर लिम्वु, श्याम कार्की नेपाली साहित्य समाजका दिपक ढकाल, तामाङ्ग समाज क्यालगरीका शिव तामाङ्ग, नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका दिपेन्द्र भण्डारी,, कल्पना ढकाल, दिनेश अधिकारी, नारायण भण्डारी, श्रीकान्त अर्याल, घनेन्द्र न्यौपाने, बुद्धि अधिकारी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रमको सञ्चालन प्रस्तोता द्धय कुशुम ज्ञवाली र सुर्य अधिकारीले गरेका थिए ।
Posted by RED FM 106.7 on Tuesday, August 28, 2018