CanadaKhabar.com

Monday, May 13, 2024 -
  • ‘ मर्डरर गो ब्याक’ भन्दै अमेरिकाको टेक्ससमा डा भट्टराईबिरुद्द प्रदर्शन

    क्यानाडाखबर डेस्क  
    टोरोन्टो, क्यानाडा ।

    नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकास्थित डालस टेक्ससमा बस्दै आएका नेपालीको एक समुहले भट्टराईको बिरोध गरेका हुन् ।

    टेक्ससमा बाबुराम भट्टराईसंग राखिएको अन्तरकृया कार्यक्रममा बिरोध प्रदशन भएको हो कार्यक्रमस्थलको बाहिर एक समुहले कालो झन्डा देखाउदै , कम्युनिष्ट निषेध अंकित प्ले कार्ड सहित बाबुरामको बिरोध गरेका थिए । उनिहरुले ‘ मर्डरर गो ब्याक’ भन्दै नारा समेत लगाएका थिए । बिरोध तरुण दल अमेरिकाले गरेको बताईएको छ ।

    एनआरएनए टेक्सास च्याप्टर, नेपाली समाज टेक्सास लगायतको संयुक्त आयोजनामा कार्यक्रम शुरु हुनै लाग्दा हल भित्र पस्ने क्रममा डा भट्टराई तथा उनकी पत्नी हिसिला यमीलाई कालो झण्डा देखाइएको हो ।

    डा भट्टराई अमेरिकामा रहेका नेपालीहरु संग भेटघाट गर्ने भन्दै यसै हप्ता अमेरिका आएका थिए । झन्डै एक महिना अमेरिकाको विभिन्न राज्यहरुमा रहेका नेपालीहरु संग अन्तर्कृया गर्ने उनीहरुले बताएका छन् ।