
१८ सेप्टेम्वर, क्यानाडाखवर.कम क्यालगरी व्युरो ।
राष्ट्रिय आविस्कार केन्द्र स्थापनाको सहयोगार्थ सोमवार क्यालगरीमा एक बृहत छलफल तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
अन्तराष्ट्रिय ख्याती प्राप्त म्याग्सासे पुरस्कार विजेता महावीर पुनको अगुवाईमा नेपालमा स्थापना गर्न लागिएको राष्ट्रिय आविस्कार केन्द्र निर्माण अभियान बारे बृहत छलफल तथा सहयोगका लागि कार्यक्रमको आयोजना गरिएको थियो ।
ग्रैह आवाशिय नेपाली संघ क्यानाडा, अलबर्टा कमिटीको आयोजना तथा क्यालगरीका स्थानीय संस्थाको समन्वयमा उक्त कार्यक्रमको गरिएको थियो ।

केन्द्र निर्माणका लागि बौद्धिक तथा भौतिक सहयोग जुटाउने अभियानको अगुवाई गरिरहेका महावीर पुनले क्यानाडाका विभिन्न सहरहरुमा कार्यरत स्थानीय संघसंस्थाहरु संग छलफल तथा अन्तक्रिया चलाइरहेका छन ।
कार्यक्रममा बोल्दै पुनले केन्द्र स्थापनार्थ क्यालगरीका संघसंस्था तथा शुभचिन्तकहरु बाट आफुले ठुलो सहयोगको आशा गरेको बताए । सहयोग बौद्धिक तथा भौतिक दुवै हुन सक्ने उनको भनाई थियो ।
कार्यक्रममा ग्रैह आवाशिय नेपाली संघ क्यानाडाका सल्लाहकार नारायण पोखरेलले प्रोफेशनल नेटवर्किङ्ग र समन्वय सम्भावनाका बारेमा आफनो धारणा राखेका थिए । त्यस्तै नेप्लिज कम्युनिटी सोासाइटी अफ क्यालगरीका अध्यक्ष धुव्र राई, बद्रि कार्की, विष्णुदत्त सुव्वा, दिनेश अधिकारी, आशा गौतम, प्रविना भण्डारी, आरसी अधिकारी लगायतले केन्द्रको संरचना र यसको दिगोपना बारे जिज्ञासा राखेका थिए ।
राखेका थिए ।

कार्यक्रममा ग्रैह आवाशिय नेपाली संघ क्यानाडाका सल्लाहकार राजेन्द्र प्रसाद गौतम, प्रसन्नमान श्रेष्ठ, नविन सुव्वा, नेपाली रेडियो क्यालगरीका कुशुम ज्ञवाली लगायतको उपश्थिती रहेको थियो ।संस्थाका
कार्यक्रम संस्थाका केन्द्रिय उपाध्यक्ष माधव दुलालको सभापतित्व तथा, अलबर्टा कमिटीका संयोजक दिनेश घिमिरेको स्वागत तथा सचिव सन्तोष दाहालको सञ्चालनमा सम्पन्न भएको थियो ।
