CanadaKhabar.com

Sunday, September 20, 2026 -

मिसिसागामा ‘दसैं सांझ’ भोली

क्यानाडा खबर संवाददाता
टोरोन्टो,क्यानडा ।

नेपालीहरुको ठुलो पर्व बिजया दशमीको अवसरमा एनसीएनसी क्यानाडा र एन्ज्याक क्यानाडाले दसैं शुभकामना सांझ ( सांस्कृतिक कार्यक्रम ) आयोजना गरेको छ ।

भोली अर्थात अक्टोबर १४ आईतवार सांझ ग्राण्ड ताज हल मिसिसागामा कार्यक्रम गरिने छ ।

सांझको मुख्य आकर्षण पछील्लो समय नेपाली लोक संगित क्षेत्रमा लोकप्रिय गायिका प्रिती आलेमगरको प्रस्तुती रहनेछ।

उनीसंगै नेपाली लोक संगित क्षेत्रका हस्ती गायक संगितकार बुद्दिसागर बस्याल, लोक गायिका देवीका केसी, गायक आशिर्वाद सुबेदी, रामकाजी मोक्तान, रोशन केसी लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

दसैंको अबसर पारेर क्यानाडाका थुप्रै शहरहरुमा यस्ता कार्यक्रम आयोजना गरिदै छ ।