टोरोन्टो ब्युरो ।
दुवै मृगौला खराब भई मृत्युसंग जुद्दै आएका काठमाडौं निवासी पासाङ काजी शेर्पाको उपचार सहयोगार्थ क्यानडामा रकम संकलन गरिएको छ ।
क्यानाडास्थित टोरोन्टो आसपासका क्षेत्रहरुमा बसोबास गर्दै आएका नेपाली युवाहरुबाट २३०० क्यानेडियन डलर (दुई लाख नेपाली ) सहयोग जुटाइएको छ ।
‘ आर्थिक अवस्था निकै कमजोर भएकाले पासाङको उपचारमा कठिनाई पर्न गएको हुँदा केही राहत होस् भनी सहयोग संकलन गरिएको पहलकर्मी पेम्बा शेर्पाले बताए ।
‘यस्तो मानविय काममा सहयोग गरिदिनुहुने सबैलाई हार्दिक धन्यवाद छ । उनले भने ‘। संकलित रकम पासाङलाई हिजो नै हस्तान्तरण गरिसकिएको छ ।

यि हुन् हुन् सहयोगी हातहरु :
