क्यानाडाखबर संबाददाता ।
टोरोन्टो, क्यानाडा ।
मिस्टर स्कटको आयोजनामा ‘क्यानेडियन नेसनल आईटिएफ तेक्वान्दो च्याम्पियनसिप २०१८’ सकिएको छ । प्रतियोगितामा नेपालीहरुको तेक्वान्दो क्लब ‘हिमालयन तेक्वान्दो क्लब’को तर्फबाट १७ जनाले सहभागीता जनाएका थिए ।
सहभागी नेपालीले ७ गोल्ड, ५ सिल्भर मेडल संगै ११ ब्राउन्च मेडल हासिल गरेका छन् । खेलमा स्माइल खत्रीले डबल गोल्ड मेडल हासिल गरेका थिए त्यस्तै प्रध्योत्तन निरौला,शुभम लुइटेल,रियाज अर्याल, प्रशुभ अधिकारी र बिबेक अधिकारीले गोल्ड मेडल हासिल गरेका थिए ।

हिमालयन क्लबले बिगत लामो समयदेखी एड्मन्टनमा तेक्वान्दो प्रशिक्षण दिदै आएको छ । बिशेषगरी नेपाली बालबालिकाहरुलाई प्रशिक्षण दिईने गरेको क्लबले जनाएको छ ।
क्यालगरीमा हुने क्यानेडियन तेक्वान्दो हरुमा प्रतियोगिताहरुमा नेपाली मुलका खेलाडीहरुलाई सहभागी गराएर हरेक पटक गोल्ड मेडल जिद्दै आएको तेक्वान्दो प्रशिक्षण राजु गड्तौलाले बताए ।
