CanadaKhabar.com

Monday, August 31, 2026 -

वामपन्थी नेता एवंम मानवअधिकार अभियन्ता स्वर्गिय पद्मारत्न तुलाधरको स्‍मृतिमा क्यानाडामा ‘श्रद्दान्जली सभा’ गरिने

क्यानाडाखबर संबाददाता । 
टोरोन्टो, क्यानाडा ।

वामपन्थी नेता एवंम मानवअधिकार अभियन्ता स्वर्गिय पद्मारत्न तुलाधरको स्‍मृतिमा आउडो शनिबार क्यानाडामा श्रद्दान्जली सभा गरिने भएको छ । नेपाली जनजाती संघ क्यानाडाको आयोजना कार्यक्रम गर्न लागिएको हो ।

ब्राम्टोन स्थित एभरेष्ट तेक्वान्दो हलमा बिहान १० बजे गर्न लागिएको स्व. पध्मरत्न तुलाधरको १३  औं  दिन काे श्रद्दान्जली कार्यक्रममा टोरोन्टो आसपासमा बसोबास गर्ने सबै नेपालीहरुलाई सहभागी भईदिन आयोजकले अनुरोध समेत गरेको छ ।