क्यानाडाखबर संबाददाता ।
टोरोन्टो क्यानाडा
क्यानाडाको टोरोन्टो स्थित भेराईटि भिलेजको हलमा आयोजित टोरोन्टो ‘ओपन तेक्वान्दो च्याम्पियनसिप’मा नेपाली कुशल तेक्वान्दो प्रशिक्षक धिरेन्द्र शाहीद्वारा संचालित एभरेष्ट एकेडेमीले १६ स्वर्ण ७ रजत र ११ काश्य पदक जिती उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ।

प्रतियोगितामा तेक्वान्दो डो अन्तराष्ट्रीय रेफ्री एवं प्रशिक्षक मास्टर धिरेन्द्र शाहीद्वारा ब्राम्टोन र स्कारब्रोमा संचालित तेक्वान्दो डो क्लब का सहभागि ३० जना खेलाडीहरूले स्पायरिंग तथा पुम्से बिधामा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएका थिए।
खेलाडीहरुलाई प्रशिक्षक धिरेन्द्र शाही, यादव कुँवर र रबिन जोशीले कोच गरेका थिए ।

सहभागिता एबम् बिजय हासिल गरेकोमा प्रतियोगिता आयोजक यांग चोंग तेक्वान्दो एकाडेमीले एभरेष्ट एकाडेमीलाई बिशेष ट्रफिले सम्मान गरेको थियो ।
क्यानाडा लगायत बिभिन्न राष्ट्रका क़रीब ११०० खेलाडीहरुले सहभागिता जनाएका यस प्रतियोगिता मा अन्तराष्ट्रीय रेफ्री शाहीको संयोजकत्वमा अन्तराष्ट्रीय रेफ्रीहरु बद्रि घिमिरे, गोविन्द शर्मा रविन जोशी र अर्जुन केसीले निर्णायकको भुमिका निर्वाह गरेका थिए।

एभरेष्टको सहभागितामा नेपाली तेक्वान्दो डो माष्टरहरु राजु थापा ,निरज पौडेल,गिरी बुढाथोकी,लिला शाही,आनन्द अर्गेजा, कल्याण कुँवरले बिशेष सहयोग पुर्याएका थिए । नोभेम्वर १७ र १८ मा सम्पन्न यो प्रतियोगिता क्यानाडकै पुरानो,प्रतिष्ठित प्रतियोगितामा गनिन्छ।








