CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • अभिभावक मिलन कार्यक्रम सम्पन्न

    २ डिसेम्वर, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
    क्यालगरीको नर्थइस्टमा आइतबार इल्डर एव्युज सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । आफना सन्तान भेटघाटका क्रममा क्यालगरी बसोबास गर्दै आएका झण्डै ३० जना नेपाली अभिभावकहरुलाई सम्भावित हिसा बारे जानकारी गराइएको थियो ।

    नेप्लिज कम्युनिटी सोसाइटी अफ क्यालगरीको नियमित “अभिभावक मिलन” कार्यक्रमको अवसरपारि युनाइटेड व की कम्युनिटी कोर्डिनेटर ललिता सिहले सम्भावित हिंसाबारे सहजीकरण गरेकी थिइन ।
    कार्यक्रममा क्यालगरी निवासी विण्णुदत्त सुव्वा र सरस्वती कार्की सुव्वालाई संस्था स्थापनामा पुरयाएको योगदानको कदर गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।
    कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी इरफान सवीर (मिनिस्टर अफ कम्युनिटी एण्ड हयुमन सर्भिस) ले क्यालगरीबासी नेपाली समुदायले सामाजिक कार्यमा देखाएको सक्रियताको प्रशंसा गरेका थिए । उनले सम्पुर्ण क्यालगरी बासी नेपालीहरुलाई बडादशै र दिपावलीको शुभकामना समेत दिएको थिए ।

    संस्थाका अध्यक्ष धुव्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेन्टर फर न्युकमर्सकी जोहोरा आर ले क्यालगरीमा सिनियर सिटीजनका लागि उपलव्ध श्रोतहरुबारे जानकारी दिएको कार्यक्रम संयोजक नारायण भण्डारीले क्यानाडाखवरलाई बताएका छन ।
    सिनियर कार्यक्रम संयोजक विकास ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष समिर पाण्डे, कल्पना ढकाल, राजेन्द्र गौतम, अभिभावक मेघनाथ गैरे लगायतले मन्तव्य दिएका थिए ।