CanadaKhabar.com

Monday, December 15, 2025 -

क्यालगरीमा चासोक ताङ्गनाङ्गम मनाइदै ।

१८ डिसेम्वर, क्यानाडाखवर.कम, क्यालगरी व्युरो ।
क्यानाडाको क्यालगरीबासी नेपालीहरुले लिम्वुहरुको प्रमुख पर्व चासोक ताङ्गनाङ्गम सधै झै यो बर्ष पनि लिम्वु जातिहरुका कला संस्कृति झल्किने विभिन्न कार्यक्रमहरु गरि मनाइने भएको छ ।

नेपालको पुर्वी पहाडमा बस्ने लिम्वुजातिहरुको प्रतिनिधि संस्था किराँत याक्थुङ्ग चुम्लुङ्ग क्यानाडाले आफनो भाषा, कला, धर्म र संस्कृतिको संरक्षण तथा सम्वद्रर््न गर्ने उद्धेश्यले आफना मौलिक चाडपर्वहरुमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आइरहेको छ
यहि डिसेम्वर २१ तारिख शुक्रबार क्यालगरीको नर्थइस्ट स्थित टेम्पल कम्युनिटी हलमा आयोजना गर्न लागिएको कार्यक्रममा अलबर्टाका प्रमुख शहरहरु एडमण्टन, लेथव्रिज, मेडिसिनहेटबाट सहभागी हुने संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्र लिम्वुले क्यानाडाखवरलाई जानकारी दिएका छन ।
उनले जातिगत मौलिक पोशाक तथा गरगहना, दैनिक उपभोग्य सामान, लिम्वु जातिले उत्पादन गर्ने अन्नवाली लगायत प्रदर्शन गरिने छ ।
त्यस्तै किराँत एशोशिएसन अफ लेथव्रिजका कलाकारहरुले लिम्वुहरुको माङ्गलाङ्ग नाच, राईहरुको चण्डी नाच तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने जनाएका छन ।