CanadaKhabar.com

Wednesday, December 4, 2024 -
  • ‘सिमसिमे पानि’की गायिका रेखाको ‘सईँ तिमि’

    चर्चित गित सिमेसिमे पानीकी गायिका रेखा शाह सुदुरपश्चिमेली शब्दको मिश्रणसहितको नयाँ गीत लिएर श्रोता दर्शकमाझ आएकी छिन् । संगीतकार एवं गीतकार दीपक शर्माको रचना र संगीतमा रहेको सइं तमी कर्नाली पारि छौ, म त वारि चुँड्या छ तुइन बोलको शब्दमा गायिका शाहले स्वर दिएकी हुन् ।

    गीतमा सुदूर पश्चिमको जनजीवनको झल्को देखिन्छ । सुदूर पश्चिमको जनजीवनको लवज, संस्कृति र जीवन भोगाइको दुखलाई गीतको शब्द र संगीतमा उतारिएको छ । लोक लयको संगीत रहेको गीतका शब्द पनि सुदुरपश्चिमेली जनजीवन र माटो सुहाउँदो बनाईएको छ ।

    गीतलाई लिएर गायिका शाह निकै उत्साहित रहेकी छिन् । उनले भनेकी छिन्–‘सईँ तमी गीतबाट म निकै आशावादी छु, सांगीतिक जीवनको २५ वर्षमा फेरि अर्को कालजयी गीत गाउने मौका पाएँ । सिमसिमे पानीमा गीतजस्तै चर्चित र सबैको प्रिय हुन्छ भन्नेमा म निकै आशावादी छु ।’

    गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ भने गीतको म्युजिक भिडियो नितिन चन्दको निर्देशनमा बनेको छ । म्युजिक भिडियोमा सुन साइँली गीतको भिडियोमा अभिनय गरेका गौरव पहारी र मेनुका प्रधानले अभिनय गरेका छन् । गायिका शाहले यो गीतको म्युजिक भिडियो आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी छिन् ।