दाङको तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री, शिक्षक घोराही–१७ का २८ वर्षीय प्रदीप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका–१८ का २२ वर्षीय गणेश विक रहेका छन् ।
त्यस्तै विद्यार्थी घोराही–१४ का १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका–५ का २१ वर्षीय कविता खत्री, दङ्गीशरण गाउँपालिका–१ का २० वर्षीय सञ्जीत रत्गैयाँ रहेका छन् ।
दुर्घटनामा जुम्लाका मात्रै ११ जनाको मृत्यु भएको छ । जसमा चन्दननाथ नगरपालिका–६ का १६ वर्षीया कुशुम रावल, चन्दननाथ–३ का १७ वर्षीय हिक्मत बोहरा, कन्का सुन्दर गाउँपालिका–५ का २० वर्षीय विरेन्द्र कडारा, हिमा गाउँपालिका–५ का १७ वर्षीया शैलजा शाही छन् ।
त्यस्तै जुम्लाकै चन्दनथान–१० का १८ वर्षीय रुपेश शाही, चन्दननाथ–१४ का १७ वर्षीय रिपेन्द्र शाही, चन्दननाथ–५ का देवीप्रसाद उपाध्याय, तिला गाउँपालिका–१ का जङ्गबहादुर विक, चन्दननाथ–३ का १८ वर्षीय अर्जुन शाही, चन्दननाथ–१० का बिपना खत्री र तिला गाउँपालिका–३ का रमेश उपाध्याय रहेका छन् ।

त्यसैगरी शिक्षक रुकुम भुमे गाउँपालिका–६ का २८ वर्षीय नरेश वली, विद्यार्थीहरु डोल्पा जग्दुला–७ का १६ वर्षीय गजेन्द्र ऐरी, जाजरकोट भेरीगङ्गा नगरपालिका–४ का १७ वर्षीय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका–५ का १७ वर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ वर्षीय महेश जोशी र बाजुरा बुढिगङ्गा–१० का लोकेन्द्र रावलको दुर्घटनामा मृत्यु भएको छ ।
मृतकमध्ये छ जना जुम्लाका र एक जना डोल्पाका गरी आठ जनाको शवलाई आज नेपाली सेनाको हेलिकोप्टबाट जुम्ला लगिएको छ । त्यसैगरी बाजुरा र बझाङका दुईको शव राप्ती अञ्चल अस्पतालमा नै राखिएको छ भने अन्य बाँकी शव आज नै आफन्तले बुझिसकेका छन् ।
घाइते सबैलाई आज नै कोहलपुर मेडिकल कलेजबाट थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडाँै लगिएको छ । कृष्णसेन ईच्छुक स्मृति बहुप्राबिधिक शिक्षालयका शिक्षक तथा विद्यार्थी चढेको गाडी शुक्रबार ४ बजे दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १४ जना घाईते भएका थिए ।